पहुँचयुक्त प्रविधिको आगमनसँगै दृष्टिविहीन व्यक्तिहरू पनि स्क्रिन रिडरयुक्त मोबाइल र कम्प्युटराइज प्रणालीमा निर्भर हुन थालेका छन्, जसका कारण ब्रेल सिक्ने र प्रयोग गर्नेको संख्या घट्दै गएको छ।
एक जना व्यक्तिले पैसा समात्नोस् भने। 'हामी जागिर खान्छौँ, कोही आवश्यक पर्नेलाई दिनोस्' भन्दा पनि तिनले मानेनन्। यस्ता विषयले हामीलाई कति चोट पर्छ भन्नेबारे तिनलाई के मतलब? उनलाई 'धर्म' कमाउनु थियो।
सम्पूर्ण लेखन सहयोगीप्रति हामी कृतज्ञ छौँ र विनम्र अनुरोध के छ भने तपाईं नितान्त सहयोगीको भूमिका निर्वाह गरिदिनुहोस्। कुनै अवाञ्छित क्रियाकलापका निम्ति सहयोगी नबनिदिनुहोस्।
तपाईं कसरी नुहाउनुहुन्छ? आबुई! खाना पनि पकाउनुहुन्छ? अनि सपना कसरी देख्नुहुन्छ? यस्ता प्रश्नहरूसँग हामी अव्यस्त भइसक्यौँ। यस्ता प्रश्नको उत्तर दिँदादिँदा कति साथी थाकिसके। कति चाहिँ रिसाइहाल्छन्।