नेपालमा अमेरिका पुग्ने अवैध बाटोलाई ‘तल्लो बाटो’ भनिएझैँ भारतमा 'डंकी रुट'ले चर्चित छ। फिल्मले यो रुटको यात्राका कठिनाइ, देशहरूका सीमा पार गर्दाका सकस तथा निश्चित देशमा पुगेपछिको व्यवहार उजागर गर्छ।
प्रतिवादी पक्षका वकिल बालिकालाई बालिग भएको प्रमाणित गर्ने प्रयासमा लाग्छन्। उनीहरूले स्कुल भर्ना हुँदाको कागजात पेश गर्छन्। तर वादी पक्षका वकिल सोलंकीले ६ वर्ष मुद्दा लडेर बाबालाई जेल पठाएरै छाड्छन्।
फ्याक्ट्रीबाट चुहिएको ग्यासबाट बिरामी परेका यात्रु र गाउँलेहरूको ज्यान बचाउन सिद्दीकीसहितका 'रेलवे म्यान'हरूले गरेको संघर्षलाई पर्दामा उतारिएको छ, द रेलवे म्यान– द अनटोल्ड स्टोरी अफ भोपाल १९८४ नाममा।
दृष्टिविहीन पात्रको भूमिकामा देखिएका दुवै कलाकार नेल सटन र अरिया मिया लोबर्टी वास्तवमै दृष्टिविहीन तथा कम दृष्टिका कलाकार हुन्। दृष्टिविहीन पात्रलाई प्रमुख भूमिकामा देखाउने यो पहिलो ठूलो प्रोजेक्ट हो।
मुगलान पसेका युवायुवतीमध्ये कतिका प्रेमीप्रेमिका स्वदेशमा बसेर उनीहरूलाई सम्झिरहेका होलान्। कोरियाली–क्यानडेली चलचित्र 'पास्ट लाइभ्स'ले वर्तमान नेपाली परिवेशको त्यस्तै एउटा पाटोलाई बेसरी छुन्छ।