गिरिका अनुसार नेपालमा समाजवादको निर्माणका लागि नयाँ आधार निर्माण गर्नु आवश्यक छ। गाउँलाई केन्द्र नबनाई नेपालमा कुनै पनि स्वतन्त्र, समतामूलक र समाजवादी समाज बनाउन सकिँदैन।
आरक्षित सिट निर्धारण गर्दा आरक्षित हुने निर्वाचन क्षेत्रमा रहेका दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम, थारुलगायत सीमान्तकृत समुदायको जनसंख्याको अनुपातलाई आधार बनाइनुपर्छ।
मधेश प्रदेशमा सबैभन्दा धेरै जनसंख्या भएको मधेशी क्लस्टरभित्र पनि निश्चित व्यक्ति, जाति, वर्ग र समुदायको मात्र प्रभाव रहेको हुँदा अरू जातजातिको उत्साह घटेको छ।