Sunday, May 05, 2024
20
ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते भएका छन्।
2024-05-05 14:26:42
बाढीको कारण जोखिम बढ्ने र थप वर्षाको पूर्वानुमान गरिएको छ। राष्ट्रिय मौसम सेवाले आइतबारसम्म अर्को चरणको भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
2024-05-05 13:02:14
परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा खामिखावा नेपाल भ्रमणमा आएकी हुन्। जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो।
2024-05-05 12:48:56
धनगढी–खुटिया–दिपायल द्रुतमार्ग आयोजना कार्यालयका अनुसार बजेट अभावमा सडकखण्डका कैलाली र डोटीका आठ स्थानमा निर्माणाधीन पुलको काम प्रभावित भएको छ।
2024-05-05 10:10:08
दुर्घटनामा धादिङको गजुरी गाउँपालिका–७ का ४० वर्षीय चालक धिरज थापामगर र रोडाङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको मृत्यु भएको छ।
2024-05-05 09:12:11
डढेलो मानवबस्तीमा पस्दा रोशी, महाभारत र खानीखोला गाउँपालिकाका विभिन्न गाउँमा धनमालको क्षति भएको छ।
2024-05-05 07:54:04
दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको छ।
2024-05-05 07:13:07
शनिबार राति बार्सिलोना जिरोनासँग ४–२ ले पराजित भएसँगै रियल ३६ पटक ला लिगा च्याम्पियन बनेको हो।
2024-05-05 06:15:34
दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुनेछ। कोशी प्रदेश तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
2024-05-05 06:10:59
भारतको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै जयनगर–जनकपुर–भंगहा रेलसेवा तीन दिन बन्द गरिने भएको छ।
2024-05-04 19:07:47
बाक्लो तुवाँलोले विमानस्थल वरपरको डाँडा ढाकेपछि हवाई सेवा अवरुद्ध भएको हो।
2024-05-04 16:01:36
वेस्टइन्डिज ‘ए’ले दिएको १७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो।
2024-05-04 15:44:24
विद्यालयका बालबालिकामार्फत प्लास्टिकजन्य फोहोरलाई कसरी वर्गीकरण गर्ने, कसरी अव्यवस्थित विसर्जन नगर्ने, नदीनालालाई कसरी प्लास्टिकमुक्त बनाउने भन्नेबारेमा जनचेतना समुदायमा फैलाउने परियोजनाले जनाएको छ।
2024-05-04 15:19:50
सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ।
2024-05-04 15:10:01
ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका कारण ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ भने ७० जना हराइरहेका छन्।
2024-05-04 14:39:31
लामो समयसम्म वर्षा नहुँदा चितवनमा विभिन्न किसिमका बिरामीको संख्या बढेको छ। बिरामीको चापलाई मध्यनजर गर्दै भरतपुर अस्पतालले आइतबारदेखि टिकट काउन्टर थप गर्न लागेको छ।
2024-05-04 12:11:19
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा वेस्टइन्डिजका कप्तान रोस्टन चेजले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले अन्तिम खेलमा पनि फिल्डिङ गर्ने भएको छ।
2024-05-04 10:52:44
शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा शुक्रबार राति आगलागी भएको छ। आगलागीबाट ठगुन्नाको घरगोठ नै नष्ट भएको छ।
2024-05-04 10:48:18
आगलागी, डढेलो, भूकम्प, बाढी, पहिरो, चट्याङ, हुरीबतासबाट घरबास गुमाएका परिवारलाई अस्थायी आवास बनाउन २५ हजार रुपैयाँका दरले दुई किस्तामा रकम प्रदान गरिने छ।
2024-05-04 08:00:37
संयुक्त राष्ट्र संघले सन् २०२३ को अन्त्यमा प्रजातान्त्रिक गणतन्त्र कंगोमा करिब ७० लाख मानिस विस्थापित भएको जनाएको थियो।
2024-05-04 06:59:21
निष्णु थिङ
उकालो
विश्वास नेपाली
सुजित महत
दिन
घन्टा
मिनेट
उकालोमा प्रकाशित विशेष सामग्रीबारे जानकारी लिन हाम्रो न्युजलेटर साइन अप गर्नुहोस्।