Tuesday, May 14, 2024

-->

बझाङ–१ मा एमालेलाई पछि पार्दै कांग्रेसको अग्रता

शुरूआती अग्रता बनाएका नेकपा एमालेका दमन भण्डारीलाई नेपाली कांग्रेसका अभिषेक सिंहले उछिनेका छन्।

बझाङ–१ मा एमालेलाई पछि पार्दै कांग्रेसको अग्रता

काठमाडाैँ– बझाङको प्रदेशसभा १ उपनिर्वाचनमा नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता लिएको छ। शुरूआती अग्रता बनाएका नेकपा एमालेका दमन भण्डारीलाई नेपाली कांग्रेसका अभिषेक सिंहले उछिनेका छन्।

सोमबार बिहान ६ बजेसम्मको मतगणनामा सिंह २६४ मतान्तरले अगाडि देखिएका छन्। उनले ७ हजार ४९२ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भण्डारीले ७ हजार २२८ मत पाएका छन्। तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका जनक बुढाले २ हजार ८९५ मत पाएका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १०२ मत प्राप्त गरेका छन्। राप्रपाका उम्मेदवार किशोर खड्काले १८२ मत पाएका छन्।


सम्बन्धित सामग्री