भियतनाममा बाढी, ५५ जनाको मृत्यु

प्राधिकरणको प्रतिवेदन अनुसार २८ हजार ४०० भन्दा बढी घर डुबानमा परेका छन्। अन्य ९४६ घर क्षतिग्रस्त भएका छन्।

भियतनाममा बाढी, ५५ जनाको मृत्यु
रोयटर्स

भियतनामको मध्य क्षेत्रमा भारी वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको संख्या ५५ जना पुगेको छ।  भियतनाम प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार, १३ जना बेपत्ता छन्। 

बाढीले करिब ८० हजार हेक्टर धान र अन्य बाली डुबानमा पारेको छ। ३.२ मिलियनभन्दा बढी कुखुरा तथा गाईवस्तु बाढीमा परेका छन्।   

प्राधिकरणको प्रतिवेदन अनुसार २८ हजार ४०० भन्दा बढी घर डुबानमा परेका छन्। अन्य ९४६ घर क्षतिग्रस्त भएका छन्।