बुधबार अमेरिकी विशेष दूत स्टिभ विट्कफ र ट्रम्पका ज्वाइँ जारेड कुश्नरले मास्कोमा पुटिनसँग पाँच घण्टा लामो वार्ता गरेका थिए।
मस्कोमा भएको उच्चस्तरीय वार्ताबाट रुस–यूक्रेन शान्ति प्रस्तावमा सकारात्मक संकेत भेटिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन्।
“रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध अन्त्य गर्न चाहन्छन् भन्ने कुरा वार्ताबाट बुझिएको छ,” ट्रम्पले भनेका छन्।
बुधबार अमेरिकी विशेष दूत स्टिभ विट्कफ र ट्रम्पका ज्वाइँ जारेड कुश्नरले मास्कोमा पुटिनसँग पाँच घण्टा लामो वार्ता गरेका थिए। सन् २०२२ फेब्रुअरीमा शुरू भएको रुस–यूक्रेन युद्ध अन्त्य गर्ने सम्भावित उपायबारे वार्ता केन्द्रित थियो।
“जारेड कुश्नर र स्टिभ विट्कफसँग पुटिनको निकै राम्रो भेटवार्ता भयो। त्यसबाट के निस्कन्छ, अहिले नै भन्न सकिँदैन किनकि यसमा दुवै पक्षको सहकार्य आवश्यक हुन्छ,” ट्रम्पले भने “उनी युद्ध अन्त्य गर्न चाहन्छन् भन्ने धारणा उनीहरूले ल्याएका छन्।”
क्रेम्लिनका वरिष्ठ सल्लाहकार युरी उशाकोभले भने व्यापक छलफल भए पनि भूभागसम्बन्धी मुद्दामा सम्झौता हुन नसकेको स्पष्ट पारे। “हामी यूक्रेन संकट समाधानमा अझै नजिक पुगेका छैनौँ, धेरै काम बाँकी छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
