ताप्लेजुङमा सञ्चालित शिविरमा २०९ जनाको आँखाको शल्यक्रिया

आँखा शिविरमा १ हजार ६०० भन्दा बढीले परीक्षण तथा उपचार सेवा पाएका छन्। तीमध्ये २०५ जनाको मोतियाबिन्दु र चार जनाको साधारण शल्यक्रिया गरिएको हो।

ताप्लेजुङ– ताप्लेजुङ सदरमुकाम फुङलिङमा शनिबारदेखि मंगलबारसम्म चलेको आँखा स्वास्थ्य शिविरमा २०९ जनाको आँखाको शल्यक्रिया गरिएको छ। 

शिविरमा १ हजार ६०० भन्दा बढीले परीक्षण तथा उपचार सेवा पाएका छन्। तीमध्ये २०५ जनाको मोतियाबिन्दु र ४ जनाको साधारण शल्यक्रिया गरिएको हो। शिविरमा नेत्ररोग विषेशज्ञ डा. सन्दुक रुइत नेतृत्वको टोलीले बिरामीको उपचार गरेको थियो।  

तिलगंगा आँखा अस्पताल, रुईट फाउन्डेसन, सेवा फाउन्डेसन, नेपाल नेत्रज्योति संघ ताप्लेजुङ र फुङलिङ नगरपालिकाको आयोजनामा शिविर सञ्चालन भएको हो।