यस्तो रहनेछ बुधबारको मौसम

दिउँसो कोशी  र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ।

काठमाडौँ– देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव  नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

दिउँसो कोशी  र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ। महाशाखाले राति पनि देशभरको मौसम मुख्यतया सफा रहने बताएको छ।

काठमाडौँ उपत्यकाको आज बिहान ५ः४५ बजेको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको थियो। अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ।