राष्ट्रिय सुरक्षा परिषद् बैठकले फागुन २१ गतेका लागि तय प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ।
काठमाडौँ– राष्ट्रिय सुरक्षा परिषद् बैठकले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारस्थित परिषद्को सचिवालयमा बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।
परिषद्का सदस्य-सचिव एवं रक्षा मन्त्रालयका सचिव सुमनराज अर्यालले बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम २०८२ साल फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नेपाली सेना परिचालन गर्न नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष सिफारिस गर्ने निर्णय गरिएको छ।”
परिषद् सचिवालयका अनुसार, बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा देखा परेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव, चुनौती र अपनाउनुपर्ने भावी रणनीतिबारे पनि छलफल भएको थियो।
बैठकले राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदनको मस्यौदालाई संशोधनसहित स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ। बैठकमा प्रधानमन्त्री कार्कीका साथै अर्थमन्त्री, गृहमन्त्री, मुख्यसचिव, प्रधानसेनापति र रक्षासचिवको उपस्थिति रहेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
