कम्बोडियासँगको सीमा विवादका कारण ४ लाख थाई बासिन्दा विस्थापित

थाइल्यान्ड र कम्बोडियाबिचको सीमा झडपले थाइल्यान्डको सीमावर्ती प्रान्तमा ८०० भन्दा बढी विद्यालय र अस्पताल अस्थायी रूपमा बन्द भएका छन्।

कम्बोडियासँग चलिरहेको सीमा विवादका कारण चार लाख थाई बासिन्दा आफ्नो आश्रयस्थल छाडी अन्यत्र जान बाध्य भएका छन्। 

बुधबार बिहानदेखि बुरिराम, सुरिन, सिसाकेट र उबोन रत्चथानी प्रान्तको सिमानाका धेरै क्षेत्र आक्रमण भएपछि स्थानीय विस्थापित भएका हुन्। 

थाइल्यान्डको आर्मी एरिया कमान्डले अहिलेसम्म कुनै हताहत नभएको जनाएको छ। कमान्डले जारी गरेको विज्ञप्तिमा बिहान ८ः४० मा कम्बोडियन पक्षबाट फायर गरिएको बीएम–२१ रकेट सुरिन प्रान्तको एक अस्पताल नजिकै अवतरण भए पछि बिरामी र कर्मचारीलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ।

थाइल्यान्ड र कम्बोडियाबिचको सीमा झडपले थाइल्यान्डको सीमावर्ती प्रान्तमा ८०० भन्दा बढी विद्यालय र ठूलो संख्यामा अस्पताल अस्थायी रूपमा बन्द गर्न बाध्य पारेको छ।

कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्व आइतबार दिउँसोदेखि पुनः शुरू भएको हो। दुवै पक्षले एक अर्कालाई आक्रमण शुरू गरेको आरोप लगाउँदै आएका छन्।