खतिवडाले आफूलाई ‘दोषी’ भनेर किटान नगरिएको भए पनि प्रतिवेदनमा ‘जिम्मेवार’ भन्ने शब्द प्रयोग गरिएकाले त्यसको जिम्मेवारीबोध गर्दै पदबाट राजीनामा दिएको बताए।
काठमाडौँ– राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन्। मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दै समिति सभापतिबाट राजीनामा दिएका घोषणा गरेका हुन्।
संसदीय छानबिन समितिले राज्य व्यवस्था समितिबाट पारित भएको विधेयकको प्रतिवेदनमा त्रुटि भएको निष्कर्ष निकालेपछि त्यसको जिम्मेवारी सभापतिको पनि रहेको भन्दै प्रश्न उठिरहेका बेला उनले पदबाट राजीनामा दिएका हुन्।
उनले आफूलाई ‘दोषी’ भनेर किटान नगरिएको भए पनि प्रतिवेदनमा ‘जिम्मेवार’ भन्ने शब्द प्रयोग गरिएकाले त्यसको जिम्मेवारीबोध गर्दै राजीनामा दिएको बताए। “प्रतिवेदनमा जिम्मेवार भन्ने शब्द प्रयोग गरिएको हुँदा म जिम्मेवारीबोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट आज हाँसीहाँसी राजीनामा दिएको घोषणा गर्छु,” उनले भने।
राजीनामा दिनुअघि उनले आफू सधैँ सरकारी कर्मचारीका लागि ‘कूलिङ अफ पिरियड’ लागू हुनुपर्छ भन्ने पक्षमा रहेको बताए। खतिवडाले भने, “रामहरि खतिवडा दोषी हो भनेर किटान गरिएको छैन। तर किसुनजीबाट शिक्षित एउटा अनुयायी हुँ। आजको मितिमा पदलाई भन्दा प्रश्नलाई माथि राखेर हेरेको छु।”
उनले संसदीय छानबिन समितिको प्रतिवेदनमा आफूलाई मुख्य दोषी नठहराइएको वा प्रचलित कानुनअनुसार कारबाहीको सिफारिस नगरिएको पनि स्पष्ट पारे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
