पहाडी तथा हिमाली भूभागमा आंशिक बदली हुने

दिउँसो कोशी, बागमती र गण्डकीका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

काठमाडौँ– देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ। गण्डकी र लुम्बिनीका उच्च-पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

दिउँसो पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ। 

राति कोशी, गण्डकी र कर्णालीका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने विभागले जनाएको छ।