पैदलयात्रुको अत्यधिक चाप, सवारी साधनको आवागमन, ट्राफिक व्यवस्थापनमा सहजता ल्याउन र दुर्घटना न्यूनीकरण गर्न आकाशे पुल निर्माण थालिएको सडक डिभिजन कार्यालयले अघि बढाएको जनाएको छ।
धनुषा– मधेश प्रदेशको राजधानी जनकपुरधाम प्रवेश गर्ने मुख्य सडकमार्ग (जनकपुर–ढल्केबर छ लेन सडकखण्ड)मा तीन स्थानमा आकाशे पुल निर्माण गरिने भएको छ। पैदलयात्रुको अत्यधिक चाप, सवारी आवागमनमा सहजता, ट्राफिक व्यवस्थापनमा सुधार र दुर्घटनाका घटना न्यूनीकरण गर्न यो परियोजना अघि बढाइएको सडक डिभिजन कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार, तीनवटै पुल सडकखण्डका अत्यन्त व्यस्त र जोखिमयुक्त ठाउँहरू छनोट गरेर करिब १० करोड ५० लाखको लागतमा निर्माण भइरहेका छन्। कार्यालयका इन्जिनियर उज्जवल झाले लक्ष्मीनियाँ गाउँपालिकाको मुख्य बजार क्षेत्र लक्ष्मीनियाँ बजार, क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर बजारस्थित महिला विकास चोक र सखुवा चोकमा पुल निर्माण भइरहेका बताए।
उनले भने, “एक महिनादेखि तीनै स्थानमा पिलर निर्माणसहित आवश्यक आधारभूत संरचना निर्माण गरिरहेका छौँ। निर्धारित समयसीमाभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ।”
इन्जिनियर झाका अनुसार तीनवटा पुलमध्ये लक्ष्मीनियाँ बजारमा तीन करोड ४२ लाख, महेन्द्रनगर बजारस्थित महिला विकास चोकमा तीन करोड ३५ लाख र सखुवा चोकमा तीन करोड ४५ लाख रुपैयाँको लागतमा निर्माण भइरहेका छन्। सबै पुल ५.६ मिटर उचाइ, २९.४ मिटर लम्बाइ र ३ मिटर चौडाइका हुनेछन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले आकाशे पुल निर्माणपछि जनकपुर–ढल्केबर सडकखण्डमा ट्राफिक व्यवस्थापनमा केही सहज हुने बताए। उनका अनुसार, यहाँ दैनिक हजारौँ पैदलयात्रु र सवारीसाधन आवतजावत गर्ने भएकाले दुर्घटनाको जोखिम उच्च छ।
क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश यादवले जनकपुरधाम जाने धार्मिक पर्यटक तथा स्थानीयको धेरै चाप रहने भएकाले पुल निर्माणपछि दुर्घटना न्यूनीकरणमा ठूलो टेवा पुग्ने बताए। स्थानीय रोहितराज खनालले आकाशे पुल निर्माणपछि अत्यधिक व्यस्त रहने जनकपुर–ढल्केबर सडकखण्डमा ट्राफिक व्यवस्थापन र सहरी सौन्दर्यकरणमा मद्दत पुग्ने बताए। सडक डिभिजन कार्यालयले चालु आर्थिक वर्षभित्रै पुल निर्माण गरिसक्ने लक्ष्य लिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
