भ्रष्टाचार मुद्दामा ढाकाको एक अदालतले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई पाँच वर्ष र उनकी बहिनी शेख रेहानालाई सात वर्ष र उनी छोरी ट्युलिप सिद्दिकलाई दुई वर्षको जेल सजाय सुनाएको छ।
बांग्लादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिना र बहिनीकी छोरी, बेलायतकी सांसद ट्युलिप सिद्दिकलाई सरकारी जग्गा टाउनसिप परियोजनाको भ्रष्टाचार आरोपमा ढाका विशेष अदालतले दोषी ठहर गर्दै क्रमशः पाँच वर्ष र दुई वर्षको जेल सजाय सुनाएको छ।
विशेष न्यायाधीश रबिउल आलमले हसिनाले प्रधानमन्त्री पदको दुरुपयोग गरेको र सिद्दिकले आफ्नी ठूलीआमालाई सरकारी परियोजनामा जग्गा प्राप्त गर्न प्रभावशाली रूपमा सहयोग गरेको ठहर गर्दै सजाय तोकेका हुन्।
सोही मुद्दामा सिद्दिककी आमा शेख रेहानालाई पनि सात वर्षको जेल सजाय सुनाइएको छ। अदालतले उनलाई परियोजनामा प्रमुख संलग्न व्यक्तिका रूपमा उल्लेख गरेको छ। यस प्रकरणमा अन्य १४ जना पनि संलग्न रहेको बताइएको छ।
बेलायतको संसद्मा लन्डनका ह्याम्पस्टेड तथा हाईगेट क्षेत्रको प्रतिनिधित्व गर्ने सिद्दिकले भने यी सबै आरोपहरू यसअघि नै अस्वीकार गर्दै यसलाई बनावटी तथा राजनीतिक प्रतिशोधमा आधारित भनेकी थिइन्। ठूलीआमासँगको सम्बन्धका कारण ठूलो राजनीतिक दबाब बढेपछि उनले जनवरीमा पदबाट राजीनामा दिएका थिए।
सोमबारको फैसला सुनुवाइका क्रममा हसिना, रेहाना र अन्य अभियुक्तहरूले आफ्नो प्रतिनिधित्वका लागि प्रतिरक्षा वकिल खटाएका थिए। रेहानासमेत विदेशमै बसिरहेकी छन् भने सिद्दिकका दुई दाजुभाइ र बहिनी पनि गत वर्षको विद्रोहसम्बन्धी अन्य आरोपका कारण विदेशमै छन्।
त्यसैगरी, सोही टाउनसिप परियोजनासँग सम्बन्धित तीन वटा छुट्टै मुद्दामा ढाकाकै अर्को अदालतले नोभेम्बर २७ मा हसिनालाई २१ वर्षको जेल सजाय सुनाइसकेको छ। उक्त फैसलामा उनका छोरा र छोरीलाई समेत पाँच–पाँच वर्षको जेल सजाय तोकिएको छ।
पूर्वप्रधानमन्त्री हसिनालाई अघिल्लो वर्ष जनविद्रोह दमनका क्रममा मानवताविरुद्धको अपराधमा संलग्न भएको भन्दै नोभेम्बरमा मृत्युदण्डको फैसला सुनाइएको थियो। उनी हाल भारतमा निर्वासनमा बसिरहेकी छन् र उनीमाथिका सबै मुद्दा उनको अनुपस्थितिमा नै चलाइएका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
