प्रधानमन्त्री कार्कीले बोलाइन् सर्वपक्षीय बैठक

प्रधानमन्त्री कार्कीले बैठकमा सहभागी हुन जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत निर्वाचनसम्बन्धी निकायलाई पनि आह्वान गरेकी छन्।

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उनले शुक्रबार अपराह्न ४ बजेका लागि सर्वपक्षीय बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री कार्कीले बैठकमा सहभागी हुन जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत निर्वाचनसम्बन्धी निकायलाई पनि आह्वान गरेकी छन्। आगामी फागुन २१ गतेको निर्वाचनलाई केन्द्रित गर्दै सरकारले सरोकारवाला पक्षसँग निरन्तर छलफल गर्दै आएको छ।

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत साना तथा मधेशकेन्द्रित दलले निर्वाचन केन्द्रित गतिविधि अगाडि बढाएका छन्।