सुदूरपश्चिमविरुद्ध मैदान उत्रिँदा पोखरा पहिलो जितको खोजीमा हुनेछ। पोखरा पहिलो खेलमा विराटनगरसँग ५३ रनले पराजित भएको थियो।
काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत शुक्रबार पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदै छन्।
खेल त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न ४ बजे शुरू हुनेछ। पोखराको नेतृत्व कुशल भुर्तेल र सुदूरपश्चिमको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गर्ने छन्।
आफ्नो दोस्रो खेलमा सुदूरपश्चिमविरुद्ध मैदान उत्रिँदा पोखरा पहिलो जितको खोजीमा हुनेछ। पोखरा आफ्नो पहिलो खेलमा विराटनगरसँग ५३ रनले पराजित भएको थियो।
तालिकाको सातौँ स्थानमा रहेको पोखरा अंकविहीन छ। सुदूरपश्चिम भने लगातार दोस्रो जितको खोजीमा हुनेछ। सुदूरपश्चिमले पहिलो खेलमा काठमाण्डूलाई २९ रनले हराएको थियो। सुदूरपश्चिम तालिकाको तेस्रो स्थानमा छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा अपराह्न ४ बजे खेल शुरू हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
