यू१९ एशिया कपका लागि नेपाली टोली घोषणा

क्यानले मंगलबार अशोक धामीको कप्तानीमा एसीसी मेन्स यू१९ एशिया कपका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ।

काठमाडौँ– संयुक्त अरब इमिरेट्स (यूएई)मा डिसेम्बर १२ देखि हुने एसीसी पुरुष यू१९ एशिया कप खेल्ने नेपाली टोली घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार अशोक धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।

टोलीको सदस्यमा नीरजकुमार यादव, दिलशाद अलि, अभिषेक तिवारी, सिब्रिन श्रेष्ठ, साहिल पटेल, दयानन्द मण्डल, निश्चल छेत्री, आसिस लोहार, नितेस पटेल, चन्दन रामरोशन विक, विपिन शर्मा, वंश छेत्री र युवराज खत्री रहेका छन्।

नेपालको पहिलो खेल श्रीलंकासँग डिसेम्बर १३ मा राखिएको छ। यस्तै, दोस्रो खेल डिसेम्बर १५ मा बांग्लादेश र तेस्रो डिसेम्बर १७ मा अफगानिस्तानसँग रहेको छ। खेलहरू सेभेन्स स्टेडियममा हुने छन्।

प्रतियोगितामा आठ टोली सहभागी हुनेछन्। समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र मलेसिया रहेका छन्। समूह ‘बी’मा नेपालसहित बांग्लादेश, श्रीलंका र अफगानिस्तान रहेका छन् । 

प्रतियोगिताका खेल आईसीसी एकेडेमी र द सेभेन्स स्टेडियममा हुनेछन्। दुवै समूहबाट शीर्ष दुईमा रहने टोली डिसेम्बर १९ मा सेमिफाइनल खेल्नेछन्। उपाधि भिडन्त डिसेम्बर २१ मा हुनेछ।