काठमाडाैँले दिएको १५८ रनको लक्ष्य पक्ष्याएको लुम्बिनी पाँच बल बाँकी छँदै अलआउट भएर १३५ रनमा समेटियो।
काठमाडाैँ– दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आजको खेलमा काठमाडौँ गोर्खाजसँग लुम्बिनी लायन्स २२ रनले पराजित भएको छ।
काठमाडाैँले दिएको १५८ रनको लक्ष्य पक्ष्याएको लुम्बिनी पाँच बल बाँकी छँदै अलआउट भएर १३५ रनमा समेटियो। लुम्बिनीका लागि शेर मल्लले सर्वाधिक २७ र दिलीप नाथले २५ रन बनाए।
बलिङमा काठमान्डाैँका मिलिन्द कुमार र जेरार्ड एरासमसले २/२ तथा कप्तान करण केसी, शाहब आलम, सन्तोष यादव र रासिद खानले समान १ विकेट लिए।
त्यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १५७ बनाएको थियो। यसमा कप्तान करण केसीले अविजित ३४, आकाश त्रिपाठीले ३२ र सन्तोष यादवले २६ रनको योगदान गरे।
लुम्बिनीका कप्तान रोहित पौडेल, खेलाडी शेर मल्ल, गुल्बादिन नायब, रूबेन ट्रम्पलम्यानले दुई/दुई विकेट लिए।
योसँगै काठमाडौँले चार खेलमा दुई हार र दुईमा जित निकालेको छ। तीन खेल खेलेको लुम्बिनीले भने एकमा मात्र जित निकाल्न सकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
