एनपीएल सिजन २ को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले काठमाडौँ गोर्खाजलाई १३१ रनको लक्ष्य दिएको छ।
काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्सले काठमाडौँ गोर्खाजलाई १३१ रनको लक्ष्य दिएको छ।
सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन बनायो।
जनकपुरको इनिङ्समा कप्तान अनिल साह शून्यमै आउट भए। यद्यपि, ओपनर आसिफ शेखले अर्धशतक पूरा गरे। उनले ४१ बलमा ६ चौका र एक छक्काको सहयोगमा सर्वाधिक ५४ रन बनाए। यस्तै, मयन यादवले २९ बलमा ३४ रन तथा लाहिरु मिलान्थाले २१ बलमा २२ रन बनाए।
काठमाडौँ गोर्खाजका मिलिन्द कुमारले सर्वाधिक ३ विकेट लिए। त्यस्तै, करण केसी, शाहब आलम र सन्तोष यादवले १/१ विकेट लिए।
जितका लागि १३१ रनको लक्ष्य पाएको काठमाडौँ गोर्खाज जवाफी ब्याटिङमा उत्रिँदै छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
