बढ्यो सुनचाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ।

काठमाडौँ– अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ। नेपालमा बुधबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ। त्यति नै परिमाणको चाँदी ३५ रुपैयाँले बढेको छ। 

बजारमा सुन प्रतितोला २ लाख ४३ हजार रुपैयाँ निर्धारण भएको छ। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला ३ हजार १८५ रुपैयाँ कायम भएको छ। 

अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।