सरकारले बाढीपीडित समुदायमा राहत पुर्याउन हेलिकप्टर परिचालन गरेको छ। दशौँ हजार कर्मचारीलाई कपडा, पानी शुद्धीकरण ट्याब्लेट, तयारी चाउचाउ र अन्य आवश्यक सामग्री वितरणका लागि खटाइएको छ।
भियतनाममा निरन्तरको भारी वर्षा, बाढी तथा भूस्खलनका कारण एक हप्तामा ९० जनाको ज्यान गएको अधिकारीहरूले आइतबार जानकारी दिएका छन्।
अक्टोबरको अन्त्यदेखि दक्षिण–मध्य भियतनाम लगातारको भारी वर्षाबाट प्रभावित भएको छ। बाढीले लोकप्रिय पर्यटकीय शहर र सीमावर्ती क्षेत्रहरूमा करोडौँ डलरको आर्थिक क्षति पुर्याएको छ। धेरै नागरिक अझै भवनका छत तथा पहाडी सडकहरूमा फसेका अधिकारीहरूले बताएका छन्।
तटीय शहर न्हा ट्राङका विस्तृत क्षेत्र डुबानमा परेका छन् भने प्रख्यात पर्यटन केन्द्र दा लाट वरिपरिका उच्च भूभागमा घातक भूस्खलन भएको छ। यसैबीच, डाक लाक प्रान्तका ६१ वर्षीय किसान माच भान सीले बाढीका कारण आफू र आफ्नी श्रीमती दुई रातसम्म छतमा फस्नुपरेको बताए।
“हाम्रो गाउँ–छिमेक लगभग पूर्ण रूपमा नष्ट भयो, केही पनि बाँकी रहेन। सबै चिहानसम्म ढाकिए,” उनले एएफपीसँग भने। छतमा चढ्न सफल भएपछि पनि आफूहरू ‘निश्चिन्त नभएको’ उनले बताए। सीले सम्झँदै भने, "मलाई लाग्यो, अब त मुक्ति छैन।"
वातावरण मन्त्रालयका अनुसार, नोभेम्बर १६ यता मृत्यु भएकामध्ये ६० जनाभन्दा धेरै मानिस डाक लाक प्रान्तका हुन्। यहाँ दशौँ हजार घर डुबानमा परेका छन्। तुय हो बजार क्षेत्रमा पानी केही घटे पनि जनजीवन सहज हुन सकेको छैन। त्यहाँकी ४० वर्षीया व्यापारी भो हु डुले आफूले बेच्ने अधिकांश सामान भिजेको वा माटोले छोपिएर नष्ट भएको बताइन्।
“मेरो सबै सामान भिजेको ठूलो थुप्रोझैँ छ,” उनले दुखेसो व्यक्त गरिन्, “कहाँबाट सफा गर्न शुरू गर्ने, केही थाहा छैन।” वर्षौंदेखि बाढीबाट जोगिन व्यापारीहरूले पाँच सेन्टिमिटर जति उच्च स्थान सुरक्षित मान्दथे, तर यसपटक पानी एक मिटरभन्दा माथि पुगेपछि त्यो उपाय पनि निष्प्रभावी भयो।
६० वर्षीय सिरेमिक व्यापारी गुयेन भ्यान थोईले बजारका स्टलबीचको बाटोभरि क्षतिग्रस्त वस्तुहरू हटाउनै नसकिने अवस्था रहेको बताए। “पूरै बजारको स्टक राख्ने ठाउँ नै छैन," उनले भने, “पूरै सफा गर्न महिनौँ लाग्नेछ।” गत हप्तामै डाक लाकसहित पाँच प्रान्तमा ८० हजार हेक्टर क्षेत्रफलभन्दा बढीको धान तथा अन्य बाली नष्ट भयो भने करिब ३२ लाख गाई–वस्तु तथा कुखुरा मरे वा बाढीमा बगे।
सरकारले बाढी–पीडित समुदायहरूमा राहत पुर्याउन हेलिकप्टर परिचालन गरेको छ। दशौँ हजार कर्मचारीलाई कपडा, पानी शुद्धीकरण ट्याब्लेट, तयारी चाउचाउ र अन्य आवश्यक सामग्री वितरणका लागि खटाइएको राज्य सञ्चालित टुओई ट्रे न्युजले जनाएको छ।
राष्ट्रिय राजमार्गका धेरै खण्ड अझै अवरुद्ध छन् भने कतिपय रेलवे सेवा स्थगित अवस्थामा छन्। वातावरण मन्त्रालयले बाढीका कारण पाँच प्रान्तमा करिब ३४ करोड ३० लाख डलर बराबरको आर्थिक क्षति भएको अनुमान गरेको छ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार यस वर्ष जनवरीदेखि अक्टोबरसम्मको अवधिमा मात्र प्राकृतिक प्रकोपले २७९ जनाको ज्यान लिएको वा बेपत्ता पारेको छ र क्षति दुई अर्ब डलरभन्दा माथि पुगेको छ।
दक्षिणपूर्वी एशियाली मुलुकमा सामान्यतया जुनदेखि सेप्टेम्बरसम्म भारी वर्षा हुने गर्छ। तर, वैज्ञानिकहरू मानव–सृजित जलवायु परिवर्तनका कारण चरम मौसमजन्य घटना झन् बारम्बार र विनाशकारी बन्दै गएको चेतावनी दिइरहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
