सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतको आदेशले थुनामुक्त भएका छन्।
काठमाडौँ – सर्वोच्च अदालतको आदेशपछि ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईं थुनामुक्त भएका छन्। सर्वोच्चको आदेशलगत्तै उनी आइतबार बेलुका प्रहरी हिरासतबाट रिहा भएका हुन्।
आइतबार न्यायाधीशहरू नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै उनलाई थुनामुक्त गर्न आदेश दिएको हो। प्रसाईं सार्वजनिक शान्तिविरुद्धको कसुरमा गत सोमबार राति भक्तपुरबाट पक्राउ परेका थिए।
त्यसपछि बुबालाई गैरकानूनी थुनामा राखिएको भन्दै प्रसाईंका छोरा नीराजन प्रसाईंले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दायर गरेका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले कानूनबमोजिम थुनामा राखेको मान्न नमिल्ने ठहर गर्दै उनलाई रिहा गर्न आदेश दिएको हो।
अदालतले निवेदक संलग्न महाअभियानले सञ्चालन गर्ने कार्यक्रम शान्तिपूर्ण ढंगले सञ्चालन गर्ने सहमतिसमेत भइसकेको परिवर्तित सन्दर्भमा प्रसाईंलाई हिरासतमा राख्नुपर्ने औचित्य समाप्त भएको ठहर गरेको छ।
आदेशमा भनिएको छ, “... यी निवेदकविरुद्ध जारी पक्राउपूर्जी तथा म्याद थप लगायतका अनुसन्धानसम्बन्धी सम्पूर्ण काम कारवाही उत्प्रेषणको आदेशले बदर भई निवेदक दुर्गाप्रसाद प्रसाईलाई गैरकानूनी थुनाबाट तत्काल मुक्त गर्नु भनी विपक्षीहरूको नाउँमा बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
