धनकुटामा माइक्रोबस दुर्घटना: १ जनाको मृत्यु, १४ घाइते

दुर्घटनामा घाइतेमध्ये २ जना अवस्था गम्भीर छ। उनीहरूलाई उपचारका लागि धरान लगिएको छ। बाँकीको धनकुटामै उपचार भइरहेको छ।

काठमाडौँ– धनकुटाको पाख्रिबास नगरपालिका–५ भैंसेस्थित मध्यपहाडी लोकमार्गमा शुक्रबार बिहान माइक्रोबस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। १४ जना घाइते भएका छन्।

काठमाडौँबाट खाँदबारीतर्फ गइरहेको बा४ख ५५०२ नम्बरको सप्तकोशी माइक्रोबस सडकबाट करिब ६०–७० मिटर खसेको थियो। दुर्घटनामा घाइतेमध्ये २ जना अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। 

घाइते यात्रुलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको छ। गम्भीर घाइते चालक जितेन्द्र बुढाथोकी र अर्का एक यात्रीलाई भने थप उपचारका लागि धरान पठाइएको छ।