यस्तो रहनेछ आइतबारको मौसम

दिउँसो पनि कोशी र गण्डकीका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।

काठमाडौँ– देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

कोशी र गण्डकीका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।

दिउँसो पनि कोशी र गण्डकीका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ। 

राति कोशी र गण्डकीका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ।