श्रीलंकामा चक्रवातका कारण मृत्यु हुनेको संख्या ४७९ पुग्यो, ३५० अझै बेपत्ता

डीएमसीले हालैको चक्रवातबाट निम्तिएको मौसमी विपद्का कारण मृत्यु हुनेको संख्या ४७९ पुगेको जनाएको छ।

गत आइतबार श्रीलंकाको राजधानी कोलम्बोको डुबानमा परेको क्षेत्रमा बाढी प्रभावितहरू हिँड्दै। तस्वीर: एपी/एरंगा जयवर्देना

श्रीलंकाको विपद् व्यवस्थापन केन्द्र (डीएमसी)ले हालैको चक्रवातबाट निम्तिएको मौसमी विपद्का कारण मृत्यु हुनेको संख्या ४७९ पुगेको जनाएको छ।

केन्द्रका अनुसार, थप ३५० जना बेपत्ता छन् भने राष्ट्रव्यापी रूपमा चार लाख ५५ हजार ४०५ परिवारका १६ लाखभन्दा बढी मानिसहरू प्रभावित भएका छन्।

डीएमसीका तथ्यांकअनुसार, विपद्ले एक हजार २८९ घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। ४४ हजार ५०० भन्दा बढी घरमा आंशिक क्षति पुगेको छ।

कृषि सेवा विभागले दिएको जानकारीअनुसार, एक हजार ७७७ वटा ट्यांकी, ४८३ वटा बाँध, १ हजार ९३६ वटा नहर र ३२८ वटा सडक क्षतिग्रस्त भएका छन्।

यसैबीच, श्रीलंकामा आएको विनाशकारी बाढीप्रति चिनियाँ नेताहरूले शोक व्यक्त गरेका छन्। श्रीलंकाको अनुरोधमा चीनले नगद अनुदान र लाइफ ज्याकेट, टेन्ट लगायतका आपूर्तिसहित आपत्कालीन मानवीय सहायता प्रदान गर्ने निर्णय गरेको छ।

एशियाली विकास बैंकले पनि आपत्कालीन अवस्थामा सहयोग गर्न श्रीलंकालाई ३० लाख अमेरिकी डलर अनुदान स्वीकृत गरेको छ।