कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गरेका छन्।
काठमाडौँ– कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गरेका छन्। थापाले मंगलबार कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।
थापाले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष संविधानको १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्। प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनका लागि मंगलबार ५ बजेसम्मका लागि समय तोकेका थिए। निर्धारित समयभित्र बहुमत प्रदेशसभा सदस्यको समर्थनसहित थापाले मुख्यमन्त्रीमा दाबी गरेका हुन्। थापालाई मुख्यमन्त्री बनाउन कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन छ।
यसअघि थापाको पक्षमा बहुमत पुर्याउनका लागि सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका थिए। ९३ सदस्यीय प्रदेशसभा रहेको कोशीमा बहुमत पुग्नका लागि ४७ सांसद आवश्यक थियो। सत्ता गठबन्धनलाई बहुमत पुर्याउन एक सिट नपुगेपछि सभामुख गौतमले राजीनामा दिनका हुन्।
सत्ता गठबन्धनले काठमाडौँ बोलाएर राजीनामा दिन आग्रह गरेपछि गौतमले विराटनगर पुगेर सभामुख पदबाट राजीनामा दिएका थिए। उनी २०७९ पुस २८ गते कोशी प्रदेशको सभामुख निर्वाचित भएका थिए।
यसअघि थापालाई नै मुख्यमन्त्री बनाउन सभामुख रहँदै गौतमले पनि हस्ताक्षर गरेपछि सर्वोच्च अदालतमा रिट परेको थियो। असार २१ मा भएको कोशी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्ति तथा सरकार गठनविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले साउन ११ को पूर्ण इजलासबाट जुन बिन्दुबाट संविधानको प्रयोग र पालनमा त्रुटि भएको हो सोही अवस्थाबाट संविधानसम्मत तवरले सरकार गठनको प्रक्रिया अगाडि बढाउन आदेश दिएको थियो। सोही आदेशअनुसार प्रदेश प्रमुख खापङले साउन १२ गते नयाँ सरकार गठनका लागि चार दिनको समय दिएर आह्वान गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
