नेता कोइरालाले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनको संशोधन गर्न बनेको विधेयक, २०८० तत्काल खारेज गर्नुपर्ने बताएका छन्। सो विधेयक पारित भए देशमा दण्डहीनताले संस्थागत रूप लिने उनको भनाइ छ।
काठमाडौँ– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले समाजवादी मोर्चाको सम्बन्धमा प्रश्न उठाएका छन्।आइतबारको केन्द्रीय समिति बैठकमा बोल्दै नेता कोइरालाले सत्तारुढ गठबन्धनभित्रैका दलहरूले बनाएको समाजवादी मोर्चा कसका लागि बनेको हो भनी प्रश्न गरेका हुन्।
उनले गठबन्धनभित्र अर्को गठबन्धन बनेको भन्दै त्यसबारेमा पार्टीभित्र छलफल गर्नु जरुरी रहेको उल्लेख गरे। “हामी गुटभित्र पनि उपगुट भनेर भन्छौँ नेपाली कांग्रेसभित्र। हामीहरूको गठबन्धनभित्र पनि अर्को गठबन्धन बनेको छ। समाजवादी मोर्चा, त्यो कसका लागि बनेको हो त्यतातिर अब हामीले छलफल गर्न जरुरी छ,” उनले भने।
उनले नक्कली भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय तहमा देशको छवि धुमलिएको भन्दै यस विषयमा सचेत र गम्भीर बन्नुपर्ने आवश्यकता रहेको बताए। उनले यस केन्द्रीय समिति बैठकले पारदर्शिता र सुशासनको पक्षमा उभिनसक्ने नैतिक बल दिने विश्वास व्यक्त गरे।
“भुटानी शरणार्थी प्रकरण अत्यन्त संवेदनशील र पेचिलो विषय बनेर गएको छ। यस विषयमा केवल भावनामा बगेर हलुका टिप्पणी गरेर पन्छिनसक्ने अवस्था पनि छैन। यो प्रकरणले अन्तर्राष्ट्रिय तहमै नेपालको छवि धुमलिएको छ। यसमा हामी सचेत र गम्भीर बन्नुपर्ने आवश्यकता पनि मैले देखेको छु। यस विषयमा यो केन्द्रीय समितिले पारदर्शिता र सुशासनको पक्षमा उभिनसक्ने नैतिक बल दिनेछ भन्ने मैले विश्वास पनि लिएको छु,” उनले भने।
उनले संसद्बाट दण्डहीनतालाई प्रश्रय दिने कानूनहरू बन्न थालेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले राज्यका जिम्मेवार निकायहरूकै कारण देशमा पछिल्ला दिनहरूमा दण्डहीनता बढेर गएको उल्लेख गरे।
नेता कोइरालाले हाल संसद्मा रहेको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनको संशोधन गर्न बनेको विधेयक २०८० तत्काल खारेज गर्नुपर्ने बताएका छन्। सो विधेयक पारित भए देशमा दण्डहीनताले संस्थागत रूप लिने उनको भनाइ थियाे।
“नीतिगत रूपमै कानून बनाएर दण्डहीनतालाई प्रश्रय दिने काम भइराखेको छ। हाल संसद्मा रहेको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनको संशोधन गर्न बनेको विधेयक २०८० तत्काल खारेज गरिनुपर्छ। यो विधेयक संसद्बाट पारित भए देशमा दण्डहीनताले संस्थागत रूप लिन्छ,” उनले भने।
नेता कोइरालाले महामन्त्री गगन थापाले प्रस्तुत गरेको संगठनात्मक कार्यतालिकामा प्रदेशलाई छुटाइएको बताए। नेपाली कांग्रेस मासबेस पार्टी भए पनि कार्यतालिका भने क्याडरबेसमा गएको उनको टिप्पणी छ। उनले आगामी २०८४ सालको निर्वाचन कांग्रेस एक्लैले लड्नुपर्ने उनको भनाइ छ। उनले प्रत्यक्ष निर्वाचन प्रणालीभित्रै समानुपातिक, समावेशी सुनिश्चितता गर्नुपर्ने र त्यसको पहल नेपाली कांग्रेसले नै गर्नुपर्नेमा जोड दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
