च्याम्पियन्स लिग: बार्सिलोनामाथि चेल्सीको जित

चेल्सीको ५ खेलमा १० अंक भएको छ र पाँचौँ स्थानमा रहेको छ। समान खेलबाट ७ अंकसहित बार्सिलोना १५औँ स्थानमा छ।

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिगमा १० खेलाडीमा सीमित बार्सिलोनामाथि चेल्सीले जित हासिल गरेको छ।  

मंगलबार राति स्टामफोर्ड ब्रिजमा भएको खेलमा घरेलु टोली चेल्सीले बार्सिलोनालाई ३-० ले हराएको हो। 

चेल्सीको जितमा इस्टेभाओ र लियाम डेलेपले गोल गरेका थिए। एक गोल बार्सिलोनाका डिफेन्डर जुलेस कुन्डेले आत्मघाती गरेका थिए। रोनाल्ड अराउजोले खेलको ४४औँ मिनेटमा रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो।

जितपछि चेल्सीको ५ खेलमा १० अंक भएको छ र पाँचौँ स्थानमा रहेको छ। समान खेलबाट ७ अंकसहित बार्सिलोना १५औँ स्थानमा छ।

मंगलबारकै अर्को खेलमा बायर लेभरकुजनले म्यानचेस्टर सिटीलाई २–० ले हरायो। बोरुसिया डर्टमुन्डले भिल्लारियलमाथि ४–० को जित दर्ता गर्‍यो।

न्युकासल युनाइटेड मार्सेसँग २–१ ले पराजित भयो। इटालीको च्याम्पियन नेपोलीले भने कोरबागमाथि २–० को हात पार्‍यो। अन्य खेलमा युभेन्ट्सले बोर्डो/गिम्टलाई ३–२ तथा बेनफिकाले आयाक्सलाई २–० ले हरायो।