राजेशले खेलकुदले राष्ट्रमा मात्रै नभई अन्तर्राष्ट्रिय स्तरमा पनि चिनाउने भएकाले यसलाई बुझेर विकास गर्न जरुरी रहेको बताए।
काठमाडौं– अभिनेता राजेश हमालले खेलकुदले समाजलाई एकताबद्ध गर्न सहयोग पुग्ने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले खेलकुद खेलमा मात्रै सीमित नभई समाजलाई एकताबद्ध गराउने माध्यम भएको बताएका हुन्।
उनले खेलकुदलाई उत्साहका रूपमा लिनुपर्ने र यसको प्रवर्द्धनमा जोड दिन आवश्यकता रहेको बताए। उनले खेलकुदले राष्ट्रमा मात्रै नभई अन्तर्राष्ट्रिय स्तरमा पनि चिनाउने भएकाले यसलाई बुझेर विकास गर्न जरुरी रहेको बताए।
अभिनेता हमालले खेलले देशको अर्थतन्त्र, राजनीतिक चुनौती र सामाजिक कुरालाई सन्तुलन बनाइराख्न भूमिका खेल्ने भएकाले ठूला राष्ट्रहरू अन्तर्राष्ट्रिय स्तरका खेलको आयोजना गर्न तँछाडमछाड गरिरहेको बताए।
"राष्ट्रिय स्तरमा दर्शकले दिएको माया, उत्साहले विभिन्न किसिमका चुनौतीका बाबजुद पनि चाहे राजनीतिक चुनौती होस्, चाहे सामाजिक, आर्थिक चुनौती होस्, कहीँ न कहीँ राष्ट्रमा सन्तुलन छ। अर्गनाइज हिसाबले चलेको छ भन्ने छवि बसाल्छ। त्यसैले खेलकुदको त्यो महत्त्व छ। ठूला राष्ट्रहरू अन्तर्राष्ट्रिय इभेन्टका लागि तँछाडमछाड गर्नुको अर्थ त्यही नै हो," उनले भने।
महानायक हमालले खेलकुद र खेलाडीको मुख्य उद्देश्य भनेकै अन्तर्राष्ट्रिय स्तरमा देशलाई चिनाउनु रहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
