गएकाे हप्ता अस्ट्रेलियाका दुई ठूला ग्यास कम्पनी शेभरोन र वुडसाइड इनर्जीको आपूर्तिमा अवरोधको चिन्ता बढेसँगै युराेपमा ग्यासको मूल्य उकालो लागेको थियो।
अस्ट्रेलियाको एक ग्यास कम्पनीमा कार्यरत श्रमिकले आउँदो सेप्टेम्बर ७ देखि हड्ताल गर्ने घोषणा गरेका छन्। यसले विश्वव्यापी रुपमै ग्यासको मूल्य बढ्नसक्ने अनुमान गरिएको छ।
तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) कम्पनी शेभरनका ह्वीटस्टोन र गोर्गोनस्थित दुई ठूला प्लान्टमा कार्यरत श्रमिकले तलब, सेवा–सुविधा, काम गर्ने वातावरण लगायतका विषयमा कम्पनीसँग हप्तौँसम्मको छलफलपछि पनि कुरा नमिलेपछि हडतालको घोषणा गरेकाे बीबीसीले जनाएकाे छ। शेभरन अस्ट्रेलियामा संचालित अमेरिकी ग्यास उद्याेग हाे।
ह्वीटस्टोन र गोगर्ननका दुई साइटले विश्वभरि नै एलएन ग्यास उत्पादनको पाँच प्रतिशत हिस्सा ओगट्छ। जहाँ पछिल्लो समय ५०० श्रमिक नयाँ भर्ती भएका छन्।
शेभरनले भने ग्यास आपूर्तिमा अवरोध हुन नदिन सुरक्षित र भरपर्दो उपायको लागि नयाँ कदम चाल्ने जनाएको छ। त्यसको लागि श्रमिकले हडताल गर्न नपर्ने कम्पनीकाे भनाइ छ।
"हामी विश्वास गर्दैनौं कि सम्झौतामा पुग्न औद्योगिक कारबाही आवश्यक छ, हामी कर्मचारीहरूलाई सुरक्षित औद्योगिक कारबाही गर्ने अधिकार छ भन्ने मान्यता दिन्छौं"–शेभरोनले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
शेभरनले कर्मचारी र कम्पनी दुवैको हितमा नतिजा खोजिरहेका जनाएको छ। यस्तै, शेभरनमा रहेका श्रमिकहरूको प्रतिनिधित्व गर्ने एक श्रमिक युनियनले यसले कम्पनीसँग तलब, जागिर, सुरक्षा र प्रशिक्षण मापदण्डहरूसहित धेरै मुद्दाहरूमा सम्झौतामा पुग्न प्रयास गरिरहेको बताएको छ।
गएकाे हप्ता अस्ट्रेलियाका दुई ठूला ग्यास कम्पनी शेभरोन र वुडसाइड इनर्जीको आपूर्तिमा अवरोधको चिन्ता बढेसँगै युराेपमा ग्यासको मूल्य उकालो लागेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
