आयोजनाका लागि चालु आवमा १४ करोड ८६ लाख बजेट स्वीकृत भएको छ। यसमा शीतभण्डार निर्माणका लागि मात्रै छ करोड ६० लाख रुपैयाँ छ।
भजनी– रानी जमरा कुलरिया सिँचाइ आयोजना, कृषि कार्यक्रम कार्यान्वयन एकाइतर्फको प्रगति सुस्त भएको छ।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको सो कार्यक्रमले विनियोजन गरेको कुल बजेटको ५० प्रतिशत बजेट पनि खर्च गर्न सकेन। ठूलो आयोजनाका रूपमा रहेको शीतभण्डारको बजेट खर्च हुन नसक्दा प्रगति कम देखिएको हो
गत आवमा कार्यक्रमका लागि चालुतर्फ १९ करोड ७६ लाख बजेटमध्ये नौ करोड २६ लाख रुपैयाँ खर्च गरेको छ। त्यस्तै पुँजीगततर्फ ६९ लाख बजेट विनियोजन भएकामा कार्यक्रमले ३० लाख ८१ हजार रुपैयाँ खर्च भएको छ। चालु र पुँजीगत गरेर पनि आयोजनाको खर्च ५० प्रतिशत पुग्न सकेन।
२० करोड ४५ लाख रुपैयाँ कार्यान्वयनका लागि आएको बजेटमा कार्यक्रमले नौ करोड ५७ लाख २५ हजार खर्च भएको कार्यान्वयन एकाइका सूचना अधिकारी दिलीपजंग रानाले जानकारी दिए। उनका अनुसार कार्यान्वयन एकाइले शीतभण्डारको बजेट खर्च हुन नसक्दा प्रगति कम देखिएको छ।
“शीतभण्डारका लागि छ करोड बजेट विनियोजन भएको थियो। यसलाई गत आवमा खर्च गर्न सकिएन। त्यो बजेट कुल बजेटको करिब ३० प्रतिशत हुन आउँछ,” उनले भने, “अन्यमा पनि किसानले सम्झौताअनुसार काम नगर्दा भुक्तानी कम हुनु, कार्यालयमा कर्मचारी नहुँदा तलबभत्तामा जाने रकम पनि खर्च कम हुँदा प्रगति कम देखिएको हो।”
शीतभण्डार निर्माणमा बर्सेनि बजेट विनियोजन हुने तर कार्यान्वयन नभएर त्यसै बजेटलाई अल्यामा ल्याउने काम आयोजनाले गर्दै आएको छ। आयोजनाले हालै सूचना जारी गर्दै यसको निर्माण प्रक्रिया अगाडि बढाएको छ। यसले कृषि क्षेत्रमा सम्भावना बढाउँदै गएको टीकापुरमा शीतभण्डार निर्माण हुने आशा जागेको स्थानीय कमल चौधरीले बताए। शीतभण्डारमा स्थानीय सरकारले एक करोड २५ लाख रुपैयाँ लगानी गर्दै छ।
कर्मचारी अभावका कारण पनि गत वर्ष कामको प्रगति सन्तोषजनक हुन नसकेको सूचना अधिकारी रानाले बताए। उनका अनुसार १३ स्थायी कर्मचारीको दरबन्दी रहेकामा हाल सातजना मात्रै छन्।
आयोजनाका लागि चालु आवमा १४ करोड ८६ लाख बजेट स्वीकृत भएको छ। यसमा नेपाल सरकारको एक करोड ६७ लाख छ भने विश्व बैंकको १३ करोड १९ लाख छ। छ करोड ६० लाख शीतभण्डार निर्माणका लागि मात्रै छ।
विश्व बैंकसँगको सन् २०२३ डिसेम्बरमा कार्यक्रमको सम्झौता अवधि सम्पन्न हुनेमा पुनः १८ महिनाका लागि कार्यक्रम थप भएको छ। अब आयोजनाले सन् २०२५ जुलाइसम्म काम गर्ने जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
