बाढीले किसानका स्याउ बगैँचा र सिँचाइ कुलोमा समेत ठूलो क्षति पुर्याएको गाउँपालिकाका कृषि शाखा प्रमुख लोकेन्द्रसिंह धामीले बताए।
बागलुङ– गत साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीले मानवीय क्षति नपुर्याए पनि करोडौँको भौतिक संरचनामा क्षति पुर्याएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आएको बाढीका कारण अहिले यहाँका सयौँ स्थानीय आफन्तको आश्रय लिएर बसेका छन्।
व्यापार तथा कृषि पेसामा आबद्ध भएकाको घर, पुल र गरी खाने बारी नै बगरमा परिणत गरिदिएपछि अहिले हातमुख जोड्न समस्या भइरहेको उनीहरू बताउँछन्।
गाउँपालिकाको विपद् व्यवस्थापन समितिले तयार गरेको तथ्यांकअनुसार बाढीले कागबेनीमा करिब एक अर्ब बराबरको भौतिक संरचनामा क्षति पुर्याएको छ। भौतिक पूर्वाधार, स्थानीयको घर, व्यवसाय तथा विभिन्न संघसंस्थाको कार्यालयमा क्षति पुर्याएको समितिले जनाएको छ। बाढीले किसानका स्याउ बगैँचा र सिँचाइ कुलोमा समेत ठूलो क्षति पुर्याएको गाउँपालिकाका कृषि शाखा प्रमुख लोकेन्द्रसिंह धामीले बताए। उनका अनुसार शाखाको तथ्यांकमा उल्लेख गरिएअनुसार यहाँका किसानको करोड बढीको स्याउ, खुर्पानी, ओखर र नास्पातीलगायतका फलफूल बोटमा क्षति पुर्याएको छ।
बाढीले ११ रोपनी तीन कट्टा बारीमा लगाइएको स्याउ बगैँचासहित फलफूलमा क्षति पुर्याएको कृषि शाखा प्रमुख धामीले जानकारी दिए। उनका अनुसार करिब एक सय ६९ भन्दा बढी स्याउका बोटमा क्षति पुगेको छ।
स्थानीय मिङमर गुरुङको ४५ स्याउका बोट र नर्सरी, ७१ भन्दा बढी खुर्पानीको बोट नष्ट भएको जानकारी दिए। बाढीले सबैभन्दा बढी स्थानीय किसान कुङ्गा नमडुल गुरुङ, पेमा निङ्बो विष्ट र कर्म छोक्ले गुरुङको स्याउ बारीमा रहेका बोटमा क्षति पुर्याएको धामीले बताए।
बाढीले स्याउ खेतीका साथै कृषियोग्य जमिनका साथै सात हेक्टर जमिनमा सिँचाइ गरिने कागबेनी सिँचाइ कुलोमा समेत क्षति पुगेको धामीले जानकारी दिए। उनका अनुसार कागबेनी वारिपारि क्षेत्रमा सिञ्चित हुने तीन कुलो तथा गाउँपालिकाले किसानलाई अनुदानमा उपलब्ध गराएको खेतबारी जोत्ने नौ वटा हाते ट्याक्टरसमेत बगाएको छ।
“यहाँका धेरै स्थानीयको मुख्य आयस्रोत स्याउ हो, बाढीले अधिकांश किसानको स्याउ बगैँचामा ठूलो क्षति भएको छ । हामीहरूले धेरै दिन लगाएर क्षति विवरण संकलन गरेका छौँ,” धामीले भने, “कोहीको बगैँचा बगाएको छ, कोहीको स्याउ, खुर्पानी र नास्पातीको बोट बगाएको छ, सिँचाइ कुलो बगाउँदा सयौँ रोपनी खेतीयोग्य जमिन बाँझो बस्ने अवस्था आएको छ।”
बाढीले किसानको गोठ र पशुचौपाया बगाउँदा करिब ५० लाख बढीको क्षति भएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका पशु शाखा प्रमुख समीक्षा कठायतले जानकारी दिए। बाढीले २३ गोठ, ३२ लुलु गाई, दुई खसी र एउटा घोडा बगाएको प्रमुख कठायतले बताए।
बाढीले सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर, धर्मशाला, सामुदायिक, वडा, प्रहरी चौकीको भवन, तटबन्धलगायत १४ वटा भौतिक पूर्वाधार गरी २१ करोड दुई लाख रुपैयाँबराबरको क्षति पुर्याएको गाउँपालिकाले तयार गरेको तथ्यांकमा उल्लेख छ। उक्त विवरण अनुसार ५० घरमा ५२ करोड ८९ लाख ७५ हजार मूल्य बराबरको क्षति भएको छ भने बाइस पूर्ण र पाँच घरमा आंशिक रूपमा क्षति भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
