प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयभित्र हुने अनियमिततालाई कम गर्न आफूले सोमबारदेखि पेसी, तारिख ‘अटोमेसन सिस्टम’ शुरू गर्न लागेको बताएका छन्।
काठमाडौँ– सर्वोच्च अदालतले सोमबारदेखि पेसी, तारेख ‘अटोमेसन सिस्टम’ शुरू गर्ने भएको छ। नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयभित्र हुने अनियमिततालाई कम गर्न आफूले सोमबारदेखि सो सिस्टम शुरू गर्न लागेको जानकारी दिएका हुन्।
आइतबार आफूलाई बधाई दिन कार्यकक्षमा पुगेका संवैधानिक तथा न्यायिक पत्रकार मञ्चमा आबद्ध पत्रकारहरूसँगको सामूहिक भेटमा उनले अदालतभित्र हुने अनियमितता हुनै नदिन पनि आफूले प्रविधिको प्रयोगमा जोड दिएको स्पष्ट पारे।
प्रधानन्यायाधीश श्रेष्ठले तारेख तोक्ने काममा कर्मचारीहरूको हस्तक्षेप हुन नदिने पनि आफूले सो अटोमेसन सिस्टमको शुरूआत गर्नुपरेको उल्लेख गरे। उनले प्रविधिकै माध्यमबाट न्यायालयमाथि हुने जनगुनासो सम्बोधन गर्न आफूले चाहेको बताए।
सर्वोच्च अदालतपछि काठमाडौँ जिल्ला अदालतमा तत्काल सो सिस्टम लागू गर्ने प्रधानन्यायाधीश श्रेष्ठको योजना छ। न्याय सेवामा हुने अनियमितताको भने न्याय परिषद्बाट छानबिन हुने भएकाले त्यसमा चिन्ता गरिरहनु नपर्ने उनको भनाइ छ।
प्रधानन्यायाधीश श्रेष्ठले न्यायाधीश नियुक्ति प्रक्रिया आफूले शुरू गरिसकेको उल्लेख गर्दै त्यसको नतिजा छिट्टै आउने विश्वाससमेत व्यक्त गरे। उनले न्यायाधीश नियुक्ति नगरी नहुने भएकाले आफू त्यसमा लागि परेको बताए।
“न्यायाधीश नियुक्तिको विषय म तत्काल गरिहाल्छु। न्यायाधीश नियुक्ति नगरी नहुने भएको छ। त्यो मैले महसुस गरेको छु। म त्यसमा लागि सकेको छु। छिट्टै त्यो नतिजामा आउँछ होला । साथीहरू कम छ। मुद्दाहरूको बोझ छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
