सीआईबीले प्रतिवादी नबनाएका सञ्चारसचिव राउतलाई मुद्दा चलाउने सरकारी वकिल कार्यालयको निर्णय

आइतबार काठमाडौँ जिल्ला अदालतमा दायर भएको किर्ते मुद्दामा राउतलाई पनि प्रतिवादी बनाइएको छ। 

काठमाडौँ– नेपाल सरकारका बहालवाला सचिव कृष्णबहादुर राउतलाई ललिता निवास जग्गा प्रकरणमा मुद्दा चलाउने निर्णय सरकारी वकिलको कार्यालयले गरेको छ।

आइतबार काठमाडौँ जिल्ला अदालतमा दायर भएको किर्ते मुद्दामा राउतलाई पनि प्रतिवादी बनाइएको छ। 

प्रहरीको केन्द्रीय अनुसन्धन ब्युरोले गत मंगलबार प्रतिवेदन बुझाउँदा भने राउतलाई मुद्दा चलाउन नपर्ने राय दिएको थियो। तर, आइतबार अदालतमा मुद्दा दायर गर्दै सरकारी वकिलको कार्यालयले मुद्दा चलाउने निर्णय गर्दै प्रतिवादी बनाएको एक जिल्ला न्यायाधिवक्ताले जानकारी दिए। 

सीआईबीले २८६ आरोपीलाई संगठित अपराध र किर्तेको कसुरमा मुद्दा चलाउन राय दिए पनि सरकारी वकिलको कार्यालयले भने किर्तेमा मात्रै २९० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ।