राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार एक समारोहबीच पुरस्कार तथा सम्मान प्रदान गरिने चलचित्र विकास बोर्डले जनाएको छ।
काठमाडौँ– चलचित्र विकास बोर्डले कलाकार लक्ष्मी गिरी र शिवसुन्दर श्रेष्ठलाई चलचित्र र्दीघ साधना सम्मानबाट सम्मानित गर्ने भएको छ।
राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान २०८० को सूची सार्वजनिक गर्दै गिरी र श्रेष्ठलाई र्दीघ साधना सम्मान प्रदान गर्ने निर्णय गरेको हो। राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार एक समारोहकाबीच उक्त सम्मान वितरण गरिने भएको छ।
सोही समारोहमा विभिन्न ३५ जना चलिचित्रकर्मीलाई समेत सम्मान गर्ने चलचित्र विकास बोर्डले जनाएको छ। सम्मानित हुनेहरूमा अर्जुन श्रेष्ठ, अर्जुनजंग शाही, इन्द्रदेव चलचित्र मन्दिर, ऋषिराज आचार्य, ओम अग्रवाल, कमलप्रसाद शर्मा, कमलकान्त मैनाली, किरण केसी, कृष्णप्रसाद पोखरेल, केदारप्रसाद पाठक, गौरीशंकर धुजु रहेका छन्।
त्यस्तै, झरना थापा, ठाकुरप्रसाद ढुंगाना, बब्बु क्षेत्री, दयाराम दाहाल, प्रीतम गुरुङ, भूपेन्द्रकुमार खड्का, मनोज केसी, रमेश ढकाल, रामचन्द्र अधिकारी, रामेश्वर केसी, रामेश्वर बुर्लाकोटी, विजय लामा, विपन्न मल्ल, विमल पौडेल, विमला केसी, शिव परियार, शोभित बस्नेत, सन्तोष पन्त, सुदर्शन थापा, सुनयमान श्रेष्ठ, सुनिल पाण्डे, सुभाष प्रसाद गजुरेल, सुजास गिरीलाई सम्मान गरिने बोर्डले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
