अघिल्ला निर्वाचनकै मुद्दा र योजना लिएर आउने तर काम नगर्ने परिपाटीका कारण मतदाताले यस पटक उम्मेदवारका मुद्दालाई महत्व दिएका छैनन्।
पाल्पा– रामपुर नगरपालिका–८ भुजातकी ७७ वर्षीया तिलिसरा विश्वकर्मालाई निर्वाचनप्रति निकै चासो छ। त्यसी भएर उनले हरेक निर्वाचनमा मतदान गरिन्।
उम्मेदवारका चुनावी योजनाले प्रभावित भएर मत दिएकी उनी अब भने निरास भएकी छन्। जितेर गएका नेता नआउने र सोझा जनतालाई झुक्याएर आफू सत्तामा रमाउने गरेको उनको भनाइ छ।
“आर्थिक अभावका कारण गरिब, विपन्न नागरिकले सामान्य औषद्योपचार गर्न पनि नसक्ने अवस्था छ। हामीले दिएको मतको कहिल्यै कदर भएन”, उनले भनिन्। निःशुल्क औषधि उपचार, र बूढेसकालमा तनावमुक्त भएर आनन्दसँग जीवनयापन गर्ने वातावरण नेतृत्वले सिर्जना गर्नुपर्ने तिलिसराको भनाइ छ।
“हामीजस्ता पाकापुस्तालाई नानाथरीका प्रलोभन देखाएर चुनाव जित्ने काम मात्रै भयो”, उनले भनिन्, “उमेरले आठ दशक पुगियो। विकास भने देख्न पाइएन, देशमा जुन सरकार आए पनि हाम्रो दुःख हामीसित नै छ, सुख काट्ने र रमाउने भनेको हाम्रो मतले सत्तामा पुगेकाहरु मात्र रहेछन्।” ठूला सपना र योजनाभन्दा पनि आधारभूत समस्याको निकास गर्ने नेतृत्व चाहिएको ७० वर्षीया खगीसरा विश्वकर्माले बताइन्।
बिरामी पर्दा उनले उपचारमा समस्या छ। गाउँमै निःशुल्क स्वास्थ्योपचार, न्यानो लुगा, बासस्थान र बिहान साँझ दुई छाक आनन्दले हातमुख जोड्ने व्यवस्था भए यसमै खुसी हुने उनको भनाइ छ। सोही गाउँका ७५ वर्षीया हिमकान्ति अधिकारी पनि ज्येष्ठ नागरिकको हितमा काम गर्ने उम्मेदवारलाई मतदान गर्ने पक्षमा छन्।
ज्येष्ठ नागरिकलाई सम्मान र सद्भाव गर्ने सक्षम उम्मेदवार आवश्यक रहेको उनले बताए। “चुनाव आउँदैपिच्छे गाउँ आउने तर निर्वाचनपश्चात् गाउँ नपस्ने नेतृत्वले विकास र समृद्धि दिएनन्”, उनले भनिन्। उनको घरमा यतिबेला विभिन्न राजनीतिक दलका तथा स्वतन्त्र उम्मेदवार मत माग्न दिनहुँजसो पुगेकै छन्। ”युवा उमेरदेखि नै गाउँमा विकास र समृद्धि दिलाउने योजना ल्याउने उम्मेदवारलाई पछ्याउँदै अहिलेसम्म मतदान गरिरह्यौँ, तर महसुस गर्नै पाइएन”, उनले भनिन् “खानेपानी, बाटो, औषधोपचारकै समस्या कायम छन्।”
अघिल्ला निर्वाचनकै मुद्दा र योजना लिएर आउने तर काम नगर्ने परिपाटीले मतदाताले यस पटक उम्मेदवारका मुद्दालाई महत्व दिएका छैनन्। गाउँमा सामान्य समस्याको समधान गर्न नसक्ने तर मतदानलाई मध्यनजर गर्दै सीधा नागरिकलाई आश्वासन नदिन मतदाताले अनुरोध गरेका छन्। अबको पाँच वर्षमा आफूले काम सक्ने आधारभूत योजना लिएर प्रतिबद्धता जनाउने उम्मेदवार पहिचान गरी मतदान गर्ने सोचमा रहेको उनले बताइन्।
ग्रामीण भेगमा चुनाव जित्ने आधार नै गरिब र विपन्न समुदाय हुन्। हो। जनतालाई अनेकन आश्वासन दिएर आफ्नो पक्षमा मत माग्न उम्मेदवार घरदैलोमा पुगेका छन्। उम्मेदवारका योजना सुन्दा विकासमूलक र आकर्षक छन्।
नेतृत्वमा पुगेका व्यक्ति सत्ताको मोहमा अलमलिने, आफ्ना कार्य क्षेत्रमा नफर्कने, विकासमा चासो नदिने प्रवृत्तिको मतदाता आफैँले खुलेर विरोध गरिरहेका छन्। हाम्रोलाई भन्दा पनि राम्रोलाई मतदान गर्नुपर्छ भन्ने मानसिकताको विकास हुँदै गएको पाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
