गतवर्ष फेयर ब्रेकमा टोर्नाडोस वुमेन्सबाट खेलेकी सीता रानामगर हङकङमा २०२३ अप्रिलमा आयोजना हुने दोस्रो संस्करणको फेयर ब्रेकमा रिटेन भएकी हुन्।
काठमाडौँ - नेपाली राष्ट्रिय महिला टोलीकी अलराउन्डर सीता रानामगरले दोस्रो संस्करणको ‘फेयर ब्रेक इन्भिटेसनल टी–२०’ क्रिकेट प्रतियोगिता खेल्ने भएकी छन्।
हङकङमा २०२३ अप्रिलमा आयोजना हुने दोस्रो संस्करणको फेयर ब्रेकमा रिटेन भएकी हुन्। गतवर्ष फेयर ब्रेकमा सीताले टोर्नाडोस वुमेन्सबाट खेलेकी थिइन्।
सीता सम्मिलित टोर्नाडोसले गत वर्ष दुबईमा भएको फाइनलमा फाल्कोन्स वुमन्सलाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो।
उक्त प्रतियोगितामा सीताले ७ खेलमा ४ विकेट लिँदा २२ रन बनाएकी थिइन्। उक्त प्रतियोगितामा नेपाली महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेले ब्यारी आर्मी वुमेन्सबाट खेलेकी थिइन्।
‘‘टोली त्यहीँ या फरक त्यो भने पक्का भएको छैन। तर, प्रतियोगितामा रिटेन भएकी हुँ’’, उनले भनिन्।
प्रतियोगिता आगामी अप्रिल ३ देखि १६ अप्रिलसम्म हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
