भदौ ४ मा थापाले नियमविपरीत विश्वासको मत लिएकाे भन्दै नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले बुधबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन्।
काठमाण्डौँ– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गर्न माग गर्दै सर्वोच अदालतमा रिट दायर गरिएको छ।
थापाले नियमविपरीत विश्वासको मत लिएकाे भन्दै नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले बुधबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन्। थापाले लिएको विश्वासको मत असंवैधानिक रहेकोले त्यसलाई खारेज गरी संवैधानिक व्यवस्थाअनुसार आफूलाई मुख्यमन्त्री नियुक्त गर्न कार्कीले आदेश पनि मागेको एमाले काेशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए। उनकाअनुसार सर्वोच्चमा दायर रिटकाे भोलि बिहीवारका लागि पेसी तोकिएको छ।
भदाै ४ मा प्रदेशसभामा भएको मत विभाजनपछि थापाले बहुमतका लागि आवश्यक पर्ने ४७ मत प्राप्त गरेका थिए। विपक्षमा ३० मत खसेको थियाे। प्रदेशसभाको अध्यक्षता गरेका कांग्रेस सांसद मन्सुरीले पनि मुख्यमन्त्री थापालाई विश्वासको मत दिएका थिए। सो क्रममा विपक्षी सांसदहरूले नाराबाजी गरेको थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
