रुवान्डाले सन् २०१३ यता गरेकाे जलवायुसम्बन्धी रणनीतिक लगानीले कार्बन उत्सर्जन कटौती गर्न मद्दत गरेको छ।
एजेन्सी– मध्यअफ्रिकी मुलुक रुवान्डाले पछिल्लो ९ वर्षमा १ लाख २६ हजार टन कार्बन उत्सर्जन कटौती गरेको छ।
इजिप्टको शार्म–अल–शेखमा जारी जलवायु सम्मेलन कोप २७ मा रुवान्डाले कार्बन उत्सर्जनसम्बन्धि औपचारिक तथ्यांक सार्वजनिक गरेको हो। सन् २०१३ यता गरेकाे जलवायुसम्बन्धी रणनीतिक लगानीले कार्बन उत्सर्जन कटौती गर्न मद्दत गरेको बताइएको छ।
तथ्यांकअनुसार जलवायु परिवर्तनको रणनीतिक योजनामा लगानीका लागि २४ करोड ७० लाख अमेरिकी डलरको ‘ग्रिन फन्ड’ परिचालन भएको छ। कार्बन उत्सर्जन कटौती गर्न मुलुकभरका ४६ वटा हरित परियोजनामा लगानी भएको उल्लेख छ।
यस्तै, कम्तिमा ४७ हजार हेक्टर क्षेत्रफलको वनजंगल र एग्रो फरेस्टिलाई व्यवस्थित गरिएको, ३१ हजार हेक्टर क्षेत्रफलमा पानीका मुहान र स्रोतलाई संरक्षण गरिएको देखाइएको छ। यस्तै, रुवान्डाका ८८ हजार घरपरिवारमा स्वच्छ ऊर्जाको पहुँच भएको र एक लाख २० हजार मानिसले जलवायु परिवर्तनका असर कम गर्न प्रत्यक्ष सघाएको सरकारी तथ्यांक छ।
कोप २७ मा बोल्दै रुवान्डाका अर्थराज्यमन्त्री क्लाउडिन उवेराले जलवायु परिवर्तनका असर कम गर्ने योजनामा काम गर्न रुवान्डालाई थप १ खर्ब १० अर्ब अमेरिकी डलर आवश्यक पर्ने बताएका छन्।
रुवान्डाले सन् २०३० सम्ममा हरितगृह ग्यास उत्सर्जन ३८ प्रतिशतसम्म कटौती गर्ने महत्वाकांक्षी लक्ष्य लिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
