सन् २०२५ सम्मको लागि म्यानचेस्टर युनाइटेडमा अनुबन्धित ग्रीनवूडले क्लब छोड्ने आफ्नो निर्णयले सबैकाे भलाइ हुने बताएका छन्।
काठमाडौँ– यौन दुर्व्यवहारको आरोप लागेका मेसन ग्रीनवूडले गल्ती स्वीकार्दै आफू आबद्ध म्यानचेस्टर युनाइटेड छाडेका छन्। म्यानचेस्टर युनाइटेडले सोमबार एक विज्ञप्ति जारी गर्दै ग्रीनवूडले म्यानचेस्टर छाडेको जनाएको हो।
सन् २०२२ को जनवरीमा एक महिलासँगका अश्लील तस्वीर र अडियो अनलाइनमा छाएपछि पीडितले दिएको उजुरीको आधारमा २१ वर्षीय फरवार्ड ग्रीनवूडलाई प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि उनीमाथि अनुसन्धान जारी थियो। तर पीडित भनिएकी महिलाले त्यही वर्षको अप्रिलमा ग्रीनवूडमाथि उनले लगाएको आरोप फिर्ता लिएकी थिइन्।
यस्तै, गएको फेब्रुअरीमा ग्रीनवूडमाथि लागेको आरोप खारेज भए पनि उनले विरोध खेपिरहनुपरेको थियो। आफ्ना सबै तालिम र खेलहरु छुटाउँदै आएका थिए। उनी खेलमा सक्रिय हुन सकेका थिएनन्। त्यहीबीच उनले आफ्नो गल्ती स्वीकार्दै आफूआबद्ध क्लब म्यानचेस्टर छोड्ने निर्णय गरेका हुन्।
आफूले सम्बन्धमा गल्ती गरेको स्वीकार्दै उनले भनेका छन्, ‘जुन कुरा सामाजिक सञ्जालमा पोस्ट भएका थिए, म ती गल्तीहरुको पूर्ण जिम्मेवारी लिन्छु।’ तर उनले आफूलाई अपराधी करार गरिएअनुसार गल्ती नगरेको पनि दाबी गरेका छन् । उनले बयानमा भनेका छन्, ‘जुन कुराका लागि मलाई दोषी ठहराइएको थियाे, त्यो मैले गरेकै होइन ।’
म्यानचेस्टरले पनि ग्रीनवूडको भनाइमा सहमति जनाउँदै भनेको छ, ‘जुन, अनलाइनमा आएका सामग्रीले मेसनमाथि आरोप लागेको थियो, तर ती सामग्री हेर्दा उनले गल्ती गरेको हो भन्ने प्रमाणित हुन सकेको छैन।’
सन् २०२५ सम्मको लागि म्यानचेस्टर युनाइटेडमा अनुबन्धित ग्रीनवूडले क्लब छोड्ने आफ्नो निर्णयले सबैकाे भलाइ हुने बताएका छन्। जाँदाजाँदै उनले भावुक हुँदै भने, ‘म सात वर्षको उमेरदेखि क्लबमा आबद्ध छु। त्यसैले क्लबका समर्थकहरुलाई धन्यवाद दिन चाहन्छु र मेरो एक भाग सधैँ युनाइटेडमा समर्पित हुनेछ।’
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
