चितवनमा म्याजिक र मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु

रामपुर कृषि क्याम्पस अगाडी भएको दुर्घटनामा स्याङ्जाका २४ वर्षिय नविन नेपाली र स्थानीय ४० वर्षीय यज्ञ शर्माको मृत्यु भएको छ।

चितवन– चितवनमा म्याजिक र मोटरासाइकल ठोक्किदा चितवनमा दुई जनाको मृत्यु भएको छ।

रामपुर कृषि क्याम्पस अगाडी भएको दुर्घटनामा स्याङ्जाका २४ वर्षिय नविन नेपाली र स्थानीय ४० वर्षीय यज्ञ शर्माको मृत्यु भएको हो।यस्तै भरतपुरकै आशिष नेपाली र श्याम खरेल घाइते भएका छन्।

उनीहरूको उपचार भइरहेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले बताए। भरतपुरबाट शारदानागरतर्फ जाँदै गरेको  म्याजिकले  विपरित दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको उनले जानकारी दिए।