आइतबार राति लण्डन डर्बीमा भएकाे खेलमा वेस्ट ह्यामले चेल्सीलाई ३–१ गाेल अन्तरले हराएकाे हाे।
काठमाडौँ– प्रिमियर लिग फुटबलमा चेल्सी वेस्टह्यामसँग पराजित भएकाे छ। आइतबार राति लण्डन डर्बीमा भएकाे खेलमा वेस्ट ह्यामले चेल्सीलाई ३–१ गाेल अन्तरले हराएकाे हाे।
खेल शुरु भएकाे ७औँ मिनेटमा जे.वार्डकाे सहयाेगमा डिफेन्डर नायेफ अगुइर्डले वेस्टह्यामलाई सुरुआति अग्रता दिलाएका थिए। खेलकाे २८औँ मिनेटमा कानी चुक्कुएमेकाले चेल्सीका लागि गोल गर्दै खेल बराबरीमा ल्याए पनि ४३औँ मिनेटमा पाएकाे पेनाल्टी शुटआउटमा इनचो फर्नान्डेज चुकेपछि चेल्सीले अग्रता लिने अवसर गुमाउन पुग्यो। स्ट्राइकर माइकल एन्टोनियोले ५३ औं मिनेटमा वेस्टह्यामलाई २–१ को अग्रता दिलाए। यस्तै, अन्तिम समयमा कप्तान लुकास पाक्केटाले पेनाल्टीमा गोल गर्दै वेस्टह्यामलाई ३–१ को शानदार जित दिलाए।
लिगको पहिलो खेलमा चेल्सीले लिभरपुलसँग बराबरी खेलेको थियो। ठूलो लगानी गरेकाे चेल्सीले सिजनको खराब सुरुआत गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
