पश्चिमी वायुको प्रभाव : हल्का वर्षा र हिमपातको सम्भावना

प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र हिमाली भू–भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको संभावना छ।

काठमाडाैँ– हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

जसका कारण पहाडी भू–भागमा आंशिक बदली रहे पनि अन्य ठाउँमा भने मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहने छ।

तर, प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र हिमाली भू–भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको पनि संभावना छ।

राति देशभरको मौसम सामान्यतया सफा रहने विभागको अनुमान छ।