आइतबार स्टेडियम अस्ट्रेलियामा सम्पन्न फाइनल खेलमा स्पेनले इंग्ल्यान्डलाई १–० गोल अन्तरले पराजित गर्दै पहिलोपल्ट विश्वकपको उपाधि जितेको छ।
काठमाडौँ– स्पेनले तेस्रो सहभागितामै महिला विश्वकपको उपाधि जितेको छ। आइतबार स्टेडियम अस्ट्रेलियामा सम्पन्न फाइनल खेलमा इंग्ल्यान्डलाई १–० गोल अन्तरले पराजित गर्दै स्पेनले पहिलोपल्ट उपाधि जितेको हो।
स्पेनका लागि कप्तान ओल्गा कार्मोना निर्णायक गोल गरिन्। उनले खेलको २९औँ मिनेटमा मारिया क्लाडेन्टेको पासमा बक्सभित्रबाट फस्ट टचमा गोल गरिन्।
खेलको ७०औँ मिनेटमा स्पेनले अग्रता दोब्बर बनाउने मौका पाएको थियो। तर, जेनिफर हर्मोसोले पेनाल्टीलाई गोलमा परिणत गर्न सकिनन्।
स्पेनले सन् १९९१ देखि नै विश्वकप छनोट खेल्न थालेको थियो। तर, सन् २०१५ मा क्यानडामा भएको सातौँ विश्वकपमा आएर मात्रै छनोट भएको थियो। डेब्यू प्रतियोगिता समूह ‘ई’मा परेको स्पेन ब्राजिल र दक्षिण कोरियासँग पराजित भएको थियो। यद्यपि, कोस्टारिकालाई १-१ गोलको बराबरीमा रोक्दै एक अंक लिएर घर फर्किएको थियो।
सन् २०१९ मा फ्रान्समा भएको आठौँ विश्वकपमा भने स्पेन अन्तिम १६ मा पुगेको थियो। तर, स्पेन अमेरिकासँग २-१ गोल अन्तरले पराजित हुँदै बाहिरियो।
यस पटकको विश्वकपमा स्पेन समूह ‘सी’ मा रहेको थियो। स्पेन समूहको उपविजेता भएर अन्तिम १६ मा पुगेको थियो। स्पेनले समूह चरणमा जाम्बिया र कोस्टरिकालाई पराजित गरेको थियो। तर, समूहको अन्तिम खेलमा भने जापानसँग ४-० गोल अन्तरले पराजित भएको थियो।
त्यसपछि स्पेनले नेदरल्यान्ड्स र स्वीडेनलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
