इन्भर्कलाइडमा सन् २०१३ देखि अहिलेसम्म १४७ जोडी जुम्ल्याहा बालबालिका विद्यालयमा भर्ना भइसकेका छन्।
नेपालमा जुम्ल्याहाको संख्या खासै धेरै छैन। त्यसैले पनि होला, यहाँका विद्यालयमा एक/दुईवटा यस्ता जोडी देखिए विद्यार्थी तथा शिक्षकहरूले अनौठो मान्दै सोधिहाल्छन्, ‘तिमीहरू जुम्ल्याहा हो?’
तर, यहाँ नयाँ लाग्ने यही कुरालाई स्कटल्यान्डको एक शहरमा भने सामान्यरूपमा लिइन्छ। त्यहाँको इनभर्कलाइड शहर जुम्ल्याहा बालबालिका धेरै भएको शहर हो। जसलाई ‘ट्विनभर्कलाइड’को संज्ञा पनि दिइएको छ। त्यहाँका विद्यालयमा बर्सेनि औषतमा १३ जोडी जुम्ल्याहा बालबालिका भर्ना हुन्छन्। यो शैक्षिकसत्रमा भने त्यहाँ १७ जोडी भर्ना हुन लागेका द गार्डियनले लेखेकाे छ।
त्यहाँ प्रत्येक वर्ष नयाँ भर्ना हुन आउने जुम्ल्याहा बालबालिकालाई स्वागत गर्ने चलन छ। याे वर्षकाे नयाँ शैक्षिकसत्रका लागि गएकाे अगस्ट ११ मा त्यहाँकाे एसटी पेट्रिक प्राथमिक विद्यालयले १४ जाेडी जुम्ल्याहा बालबालिकाकाे सामूहिक तस्वीर खिचाएकाे थियाे। यस्तै त्यहाँको अर्को प्राथमिक विद्यालय अर्डगोवानमा पनि जुम्ल्याहा बालबालिका भर्नाका लागि पुगेका छन्।
इन्भर्कलाइडमा सन् २०१३ देखि अहिलेसम्म १४७ जोडी जुम्ल्याहा बालबालिका पहिलाेपटक विद्यालयमा भर्ना भएका छन्। सन् २०१५ मा यहाँका विद्यालयमा १९ जोडी जुम्ल्याहा बालबालिका भर्ना भएर विश्व रेकर्ड नै कायम गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
