एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले देशको संसदीय अभ्यासमा देखिने गरेको संसद् अवरोध नियमसंगत नभएको बताएका छन्।
धुलिखेल– नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संसद् अवरोध संविधानसम्मत र नियमसंगत नभएको बताएका छन्। संघीय संसद्द्वारा शनिबार धुलिखेलमा आयोजित ‘संसद् र सञ्चार सम्बन्ध’ विषय अन्तर्क्रियामा उनले मुलुकको संसदीय अभ्यासमा देखिने गरेको संसद् अवरोध नियमसंगत नभएको उल्लेख गरेका हुन्।
उपनेता नेम्वाङले भने, “संसद् अवरोध नियमसंगत छैन, नियमले अवरोध गर्न मिल्दैन, संविधानले पनि अनुमति दिएको छैन, राजनीतिक रूपमा गरिने हुनाले यसको पुनः पुष्टि गर्ने सम्बन्धित दलको जिम्मेवारी हो।”
मुलुकमा पछिल्ला समय विमानस्थल बाहिर बरामद गरिएको सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने किन गर्ने भन्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच मतैक्यता हुन नसकेपछि संघीय संसद्का दुवै सदन अवरुद्ध हुँदै आएका छन्।
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सदनमा पछिल्लो समय भइरहेको अवरोधप्रति आफ्नो सकारात्मक भाव नरहेको टिप्पणी गरे। उनले भन, “सदन अवरुद्ध मलाई मन परेको छैन, अवरोध नगरौँ, संवाद गरौँ, संवादको विकल्प संवाद मात्रै हो। अहिले भइरहेको अभ्यासले संसदीय पद्धतिको विकासमा सहयोग गर्दैन कि भन्ने लाग्छ।”
संसद्को हालसम्मको काम कारबाहीको मूल्यांकन गर्दै थप प्रभावकारी तुल्याउन नागरिक समाजसहित व्यक्ति रहेको उच्चस्तरीय स्वतन्त्र संयन्त्र बनाउनुपर्ने आवश्यकतामा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले जोड दिए। संसद्ले दिने सूचना पूर्ण, चुस्त र आधिकारिक हुनुपर्ने आवश्यकता औँल्याउँदै उनले लोकतन्त्रको ज्यानका रूपमा रहेको संसद् र प्रजातन्त्रका पक्षमा सञ्चार जगत्लाई सधैँभर खबरदारी गर्न सुझाव दिए।
उपसभामुख इन्दिरा रानाले पत्रकारिता संसद् र आमनेपाली जनताको ऐनाका रूपमा रहेको धारणा व्यक्त गरिन्। उनले भनिन्, “मुलुकको सञ्चार जगत्ले राष्ट्र र जनताको हितका पक्षमा सधैँ चनाखो भएर कलम चलाउन आवश्यक छ।”
काठमाडौँ उपत्यकाबाट प्रकाशन एवं प्रसारण हुने राष्ट्रिय सञ्चारमाध्यममा रही संघीय संसद्लाई मुख्य बिट बनाएर समाचार संकलन गर्दै आएका करिब ५० पत्रकार दुईदिने उक्त अन्तर्क्रियामा सहभागी थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
