सरुवा रोगविज्ञ डा. शेरबहादुर पुन बिस्तारै डेंगी संक्रमण घट्दै जाने बताउँछन्। यद्यपि, तराई क्षेत्रमा जोखिम कायमै रहेको उनको भनाइ छ।
काठमाडौं– नेपालमा डेंगी संक्रमितको संख्या ५१ हजार नाघेको छ। स्वास्थ तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशभर ५१ हजार १७७ मा डेंगी संक्रमण देखिएको छ। संक्रमणबाट ५७ जनाको मृत्यु भएको छ।
नेपालमा डेंगी संक्रमण र मृत्युदर अहिलेसम्मकै उच्च हो। महाशाखाका प्रमुख गौतम दाहालले नेपालमा अहिलेसम्मकै उच्च संख्यामा डेंगी संक्रमित भेटिएको बताए। महाशाखाको तथ्यांकअनुसार यसअघि सन् २०१९ मा १७ हजार ९९२ जनामा डेंगी संक्रमण देखिएको थियो।
तथ्यांकलाई हेर्दा डेंगी संक्रमण बिस्तारै कम हुन थालेको महाशाखा प्रमुख गौतम बताउँछन्। "अस्पतालमा फाटफुट बिरामी देखिएका छन्। तर, पूर्णरूपमा नियन्त्रण भइसकेको छैन," उनले भने।
‘नेचुरल ब्रेक लागेको हो’
सरुवा रोगविज्ञ डा. शेरबहादुर पुन बिस्तारै डेंगी संक्रमण घट्दै जाने बताउँछन्। हाल दैनिक छ/सात जनामा डेंगीको संक्रमण देखिने गरेको छ।
चिसो बढेसँगै अबका एक/दुई हप्तामा डेंगी संक्रमणमा 'ब्रेक' लाग्न सक्ने उनले बताए। तथापि, तराई क्षेत्रमा अझै डेंगी संक्रमणको जोखिम कायमै रहेको उनको भनाइ छ।
पछिल्लो समय डेंगीको संक्रमण घट्दै गएको अवस्थालाई ‘नेचुरल ब्रेक’ ठान्छन् डा. पुन। "सरकारले डेंगी नियन्त्रणमा केही पनि गर्न सकेन। डेंगी संक्रमणमा आएको कमी बाहिरिएको मनसुन र घट्दै गएको तापक्रमका कारण हो", उनले भने।
एक पटक निको भएका संक्रमितलाई दुईदेखि चार हप्तासम्म पुनः डेंगी संक्रमणको जोखिम नहुने उनको भनाइ छ।
महाशाखाको तथ्यांकअनुसार सबैभन्दा धेरै संक्रमित काठमाडौं उपत्यकामा छन्। काठमाडौंमा १३ हजार ७८७, ललितपुरमा ९ हजार ५२२ र भक्तपुरमा ५ हजार ४८९ डेंगी संक्रमित रहेका छन्।
त्यस्तै, मकवानपुर, चितवन, दाङ, धादिङ, रूपन्देही, काभ्रेपलाञ्चोक र सुर्खेतमा पनि संक्रमितको संख्या उच्च छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
