प्रतिनिधिसभा विघटन त्यस बेलाको अपरिहार्यता भएकाले सो कदम राजनीतिक, संवैधानिक र संसदीय भएको एमाले अध्यक्ष ओलीको भनाइ छ।
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्न आफूले प्रतिनिधिसभा विघटन गरेको बताएका छन्।
मंगलबार नेकपा एमाले बागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन नगरेको भए देशको वामपन्थी आन्दोलन ध्वस्त हुने बताएका हुन्। उनले तत्कालीन समयमा आफूहरूलाई झुन्ड्याएर मार्ने डोरी बनाइएको भन्दै आफूले संसद् विघटन गरिदिएर सो डोरी छिनाल्दिएको तर्क गरे।
“हामीले पुस ५ गते प्रतिनिधिसभा विघटनको सिफारिस गर्यौँ। विघटन गर्यौँ। हामीले ठिक ठानेर गर्यौँ। ठीक भनेर गर्यौँ। ठीक थियो र गर्यौँ । नगरी नहुने थियो र गर्यौँ। बिलकुलै समसामयिक कदम चाल्यौँ। होइन भने हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो। ध्वस्त पार्ने षड्यन्त्र थियो। त्यस षड्यन्त्रलाई, हामीलाई झुन्ड्याउन जुन डोरी उनीहरूले तयार गरेका थिए, त्यो डोरी हामीले छिनाल्दियौँ,” उनले भने।
उनले प्रतिनिधिसभा विघटनपछि पार्टीको सदस्यबाटै निकालिएपछि आफूहरूले संगठन बिस्तार र सुदृढ गरेर मजबुत र प्रमुख पार्टीको रूपमा पुनर्स्थापित गरी प्रतिनिधिसभामा प्रवेश गरेको बताए। उनले प्रतिनिधिसभा विघटन त्यस बेलाको अपरिहार्यता भएको उल्लेख गर्दै सो कदम राजनीतिक, संवैधानिक र संसदीय भएको जिकिर गरे।
अध्यक्ष ओलीले माधवकुमार नेपाल वामपन्थी आन्दोलन समाप्त पार्नका लागि हदैसम्म गिरेको आरोप लगाए। नेपालले दुई तिहाइको कम्युनिस्ट सरकार ढालेर प्रतिक्रियावादी र दक्षिणपन्थी सरकार बनाउन भोट दिएका बताए। उनले पार्टीका नेता-कार्यकर्ता कहिलेकाहीँ राजनीतिक अलमलमा पर्ने गरेको भन्दै त्यसरी अलमलमा नपर्न आग्रह पनि गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
