रास्वपा सभापति रवि लामिछानेले बन्द कोठामा बनाइएको योजनाअनुरूप सभामुखले संसद् बैठक चलाएको बताएका छन्।
काठमाडौँ– प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाका सभामुखबाट बैठक सञ्चालन गर्दा पक्षपात भएको टिप्पणी गरेको छ। रास्वपा सभापति रवि लामिछानेले सोमबार संसद् बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सभामुख देवराज घिमिरेले आफूअनुकूल चलाएर प्रतिनिधसभा बैठकलाई ‘हाइज्याक’ गरेको आरोप लगाएका हुन्।
उनले संसद् बैठकमा आफूले सुन्न चाहेको मान्छेलाई बोल्न दिने र अरूलाई बोल्न नदिएको भन्दै बन्द कोठामा बनाइएको योजनाअनुरूप संसद् बैठक चलाइएको बताए।
“एउटा कुनै कोठाभित्र कसैले बसेर प्लान गरेर अब तँ यो गर्नु, तँ यो गर्नु, तैँले यसो गर्नु, उसो गर्नु म यसो गर्दिन्छु भनेर भनिएको कुराको गन्ध आयो। सदनमा त्यस्तो किसिमको क्रियाकलाप भएको हुनाले हामी यसको घोर विरोध गर्न चाहन्छौँ। सम्माननीय सभामुखको क्रियाकलाप या सचिवालय यो जुन क्रियाकलाप देखियो यो सदन हाइज्याक भएकै हो,” उनले भने। उनले संसद् बैठकको यस प्रकारको क्रियाकलापको रास्वपाले घोर भर्त्सना गरेको बताए।
सभामुखले संसद्को नियमित प्रक्रियाभन्दा बाहिर गएर बैठक चलाइरहेको भन्दै उनले कसका लागि र किन त्यस्तो गरिएको हो भनी प्रश्न गरे। “यो क्रियाकलापले पदीय गरिमा, स्वतन्त्रताको पर्याय बन्नुपर्ने त्यो ठाउँमा शंकाको ठूलो एउटा घेरा देखिएको छ। अत्यन्तै धेरै शंका गर्नुपर्ने घेरा देखिएको छ,” उनले भने।
सभापति लामिछानेले आफू सोमबारको संसद् बैठकमा विशेष कुरा बोल्ने महत्त्वपूर्ण तयारी साथ आएको भए पनि बोल्न नपाएको बताए। उनले योजनाबद्ध रूपमा प्रमुख प्रतिपक्ष दलले बोलिसकेपछि अरू प्रतिपक्षको पनि आवाज यही हो भन्ने किसिमको भाष्य सिर्जना गर्न खोजिएको बताए।
त्यसैगरी, सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सभामुखले आकस्मिक समयमा दुई जना सांसदलाई मात्रै बोल्न दिएर संसद्मा अरूको उपस्थिति छैन भन्नेजस्तो नजिर बसाएको बताए। उनले संसद् दुई पार्टीको कब्जामा परेको बताए। उनले सशक्त जनमत लिएर आएका नयाँ पार्टीको अस्तित्व स्वीकार नगरिएको भन्दै दुःख व्यक्त गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
